सहकारी पिडित तर्फका वरिष्ठ अधिक्वता दिनेश त्रिपाठी लाई रविका समर्थकले गरे अभद्रव्यवहार , गुण्डाराजको सँकेत

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २ १८:३७ बजे

काठमाण्डौ।जिल्ला अदालत काठमाडौं बाहिर वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठीमाथि हातपात  एवम अभद्रव्यवहार भएको छ। रवि लामिछाने विरुद्धको मुद्दामा त्रिपाठीले सहकारी पिडित तथा जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए ।

आज बहसपछि काठमाडौं जिल्ला अदालत परिसरभित्र त्रिपाठी विरुद्ध रवि लामिछानेका कार्यकर्ताहरुले हुलहुज्जत , हातपात र अभद्रव्यवहार गरेका थियो । त्रिपाठीले यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नरहेको जनाएका छन् ।

कुनै पनि मुद्दाको पक्ष वा विपक्षीका तर्फ वाट अधिवक्ताहरुले वहस पैरवी गर्नपाउने उनिहरुको कानुनी हक अधिकार नै हो। सहकारी वचतकर्ताले आफ्नो दुःख पसिना वाट कमाएको रकम सहकारीमा जम्मा गरेका थिए। सहकारी वाट उनीहरुको रकम रवि लामिछानेले अपचलन  गरेको मुद्दामा पिडितका तर्फ वाट वहस गर्दैै अधिवक्ता त्रिपाठीले रवि लाई थुनामा राखेर मुद्दाको  पुपर्क्ष गर्नुपर्छ भनि वहस गरेका थिए।

कुनै प्राध्यापकले विध्यार्थीलाई पठाए वाफत ,डाक्टरले विरामीको उपचार गरे वाफत अधिवक्ताहरुले  सहकारी पिडितका पक्षमा र पिडकका विपक्षमा वहस गर्दा हातपात अभद्र व्यवहार हुनु  पिडित भन्दा आरोपित ( अपराधि) का पक्षमा भिड देखिनुले अव नयाँ युवापुस्ता भन्नेहरुले देशमा भिडतत्र र गुण्डाराजको शुरुवात गरिरहेको सँकेत यो घटनाले देखाएको छ।

२०८१ माघ २ १८:३७ बजे

प्रतिक्रिया