गुलरिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बर्दिया जिल्ला कमिटीले वैङ्क वित्तिय सँस्था सहकारीको मिटरव्याज ऋणवाट असुल गर्ने शोषण विरूध्द सँघर्ष गर्ने वताएको छ । २०८१ पौष २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बर्दियाका कार्यवाहक सेक्रेटरी बिजय रानाले एक बक्तब्य प्रकाशित गरी सो कुरा बराउनु भएको हो ।
बक्तब्यमा अगाडी भनिएको छ- बर्दिया जिल्लामा घटेका समसामयिक घटनाहरू प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बर्दिया जिल्ला समितिको गम्भीर ध्यान आकर्षण भएकोछ ।निजी तथा सरकारी बैंकहरूको आड र संरक्षणमा मिटरब्याजी,लघुवित्त संस्था र सहकारीहरूले सामन्तवादी पन्चायती व्यवस्थामा साहुकार र जमिन्दारहरूले जस्तै ब्याजको स्याज लिने सुदखोरको भूमिका खेलिरहेका छन यस वाट जनताको उठिबास भएको छ ।
भारतीय समानको अवैध आयातले गर्दा नेपाली वजारमा सस्तो किर्षिजन्य सामानहरु पुग्ने गरेकाले नेपाली किसान र ब्यापारीहरू निकै मर्कामा परेका छन् ।यस प्रकारको गतिविधिको विरोध गर्दा सरकारले प्रहरी लगाई विरोध ब्यानर समेत हटाउने कार्य गरेको छ ।
यसकारण पार्टीले मिटरब्याज लघुबित्तिय संस्था र सहकारी तथा बैंकद्वारा घरवारबिहीन , धितो लुटिएका,चर्को शोषणमा परेका जनताको ऋण मिनाह गरिदिने , भारतीय सामानको अवैध आयात गरी नेपाली किसानको उत्पादन बिक्री हुन नदिने र यहाँका ब्यापारीहरूको टाँट पल्टाउने प्रक्रिया माथि रोक लगाउन र यहाँका किसान मजदुरको लोकतान्त्रिक र वैधानिक क्रियाकलाप माथि अवैध प्रतिबन्ध नलगाउन समग्र राज्यसत्ता र विशेषतः यस जिल्लाको प्रशासन सँग जोडदार माग गर्दछौं । अन्यथा, हाम्रो पार्टी जनताको आवाजलाई लिएर न्यायको लागि संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं । यसको जिम्मेवारी सरकार र स्थानीय प्रशासन नै हुने छ भनि वक्तव्यमा उल्लेख गरेका छन।
प्रतिक्रिया