काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा अराजकता बढ्दै गएको भन्दै हरेक ठाउँमा चिन्ता ब्यक्त गर्छन् । सामाजिक विद्वेष बढेको प्रधानमन्त्री ओलीले मात्र नभई मुलधारका राजनीतिक दलका नेताहरुले चिन्ता ब्यक्त गर्छन् । तर जनताबाट निर्वाचित भएका सांसदहरु नै अराजक असभ्य अशिष्टरुपमा बेलाबेला देख्न पाइन्छ ।
विहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुबीच झण्डै हानाहानको स्थिति बन्न पुग्यो । यो हो, प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक चल्दै गर्दा समितिकै सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीचको चर्काचर्की ।
नेमकिपाका सांसद सुवाल संसदको मात्रै संसदीय समितिको पनि कुनै बैठक छुटाउँदैनन् । संसदमा सबैभन्दा बढी प्रश्न राख्ने सांसद पनि सुवाल । नागरिका चासोदेखि पत्रपत्रिकाले उठाएका गम्भीर सवालहरु संसदमा तेर्साइरहन्छन् ।विहीबार पनि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफ्नो असहमति राख्न खोजे । समिति सभापति यादवले वास्ता नगरेपछि सुवालले आफ्नो धारणा राख्न नपाएको भन्दै सभापति यादवमाथि कडा रुपमा प्रस्तुत भए ।
सभापति यादवले आफूमाथि औंला नउठाउन चेतावनी दिँदै कडा प्रतिवादमा उत्रिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे, समिति सदस्य रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत बैठकमा सहभागी थिए । दलीय हिसाबले ठूला दलका सांसदहरुलाई समय दिए पनि नेमकिपा सांसद सुवालले बैठकमा उठेका सवालहरुमा आफ्नो धारणा राख्न पाएनन् ।
विहीबारको समितिको बैठकमा क्यान र नेपाल एयर लाइन्सभित्रको समस्याबारे छलफल भएको थियो । यादव र सुवालबीचको चर्काचर्कीअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई नसुधारीकन आफूले विश्राम नलिने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया