रवि लामिछाने लाई ६५ लाख घरौटीमा छोड्ने कास्की जिल्ला अदालतको आदेश

प्रतिवादी रवि लामिछाने अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै छ।

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २५ १९:२७ बजे
रवि लामिछाने

जिल्ला अदालत कास्कीले  आज थुनछेक आदेश गर्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । थुनछेक आदेशमा प्रमाण कानुनको विश्लेषण गरेर थुनामा राख्ने,धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने तिन वाट प्रावधन मध्ये कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलासको आदेश यस्तो भनेका छन-प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी  २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको  कानुनी व्यवस्थाका आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू भन्ने आदेश भएको छ।


२०८१ पुष २५ १९:२७ बजे

प्रतिक्रिया