भारत -चीनको मिचाह प्रवृतिको क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्यो विरोध ,नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २४ १२:०३ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले आज एक वक्तव्य जारी गर्दै   गत डिसेम्बर १८, २०२४ मा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल र चिनीया विदेशमन्त्री वाङयीका बीच बेजिङमा भएको ६ सुत्रीय समझदारी प्रति  पार्टीको गंभीर ध्यानाकर्षण भएको वताएका छन ।

उक्त समझदारीको एउटा बुँदामा कैलाश मान सरोवर तीर्थयात्रा चालुगर्ने र सीमा नदीमा दुई देशीय सहयोगका कुरा उल्लेख गरिएका छन् । त्री–देशीय सिमानामा पर्ने मान सरोबर जाने बाटो र सीमा नदीका सम्बन्धमा नेपाललाई बेवास्तागरी दुई देशले मात्र सहमति गर्नु नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ ।महाकाली नदी नै सो सिमा नदी हो। महाकाली नदी वारी नेपालको भुभागमा भारतियहरुले सडक निर्माण गरेर लिपुलेख पास भएर चीनजान लागेको छ।

नेपालको जमिन भएर सडक जादा भारत चीनले नेपाललाइ कुनै जानकारी नदिइ दुइ देशका विच मात्र सम्झौता गरेर हेपाह प्रवृति देखाएकाले पार्टी यसको विरोध गरेको जनाएका छन।

कुनै पनि देशको भुगोल वा जनसख्या सानो वा ठुलो हुन सक्छ तर सार्वभौम सत्ता  सवै देशको समान हुने भएकोले भारत चीनले नेपालको सार्वभौम सत्ताको सम्मान नगरेकोमा  खेद प्रकट गर्दै भारत तथा चीनले  आउने दिनमा त्री–देशीय सरोकारका विषयमा सम्झौता वा सहमति गर्नु परे नेपाल सहित त्रीपक्षीय वार्ताबाट मात्र होस् भन्ने दुवै छिमेकी देशका सरकारसँग विशेष माग गरेका छन । 

                                                                           वक्तव्य



२०८१ पुष २४ १२:०३ बजे

प्रतिक्रिया