काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले सरकारीबाट रकम अपचलन गरेको रकम बिदेश पठाएको तथ्य खुलेको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम लामिछानेको नामबाट विदेश पठाएको तथ्य अनुसन्धानको क्रममा फेलापरेको हो । काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा किटानी गरिएको तथ्यअनुसार रबि लामिछानेले ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको पाइएको छ ।
सन २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका रबिको दावी छ ।
२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रतिक्रिया