राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी मावि परिगाउँलाई

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २१ १४:०८ बजे

डडेल्धुरा। परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी नमुना मावि परिगाउँले जितेको छ । वडा नं. ५ को परिगाउँ महाकाली नदी किनारमा अवस्थित भुनवेश्वरी नमुना माविले विभिन्न विधाका प्रतियोगितामा २७ स्वर्ण १० रजत र ४ कास्यपदक जिन्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै भुवनेश्वरी नमुना माविले नगद ३५ हजार रुपियाँ पनि हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटाल ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ३ रजत र १ काँस्य पद जित्दै सिद्धनाथ मावि जयपुर जोगबुडा तेस्रो भएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ६ कास्यसहित सिताराम मावि कुरमुल्ले चौथो हुँदा २ स्वर्ण, २ रजत र ४ कास्यसहित जनज्योति मावि गाइबाधे पाँचौं स्थानमा छ । २ स्वर्ण, २ रजत र ३ कास्य पदकमा जित्दै सिद्धनाथ मावि चन्दनी छैटौं स्थानमा छ ।

यता भागेश्वर मावि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्य पदक जित्दा सातौं स्थानमा छ । आठौं स्थानमा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित बैजनाथ मावि जमरानी छ । शैलेश्वरी मावि तुलाभाडिले १ स्वर्ण, ५ रजत र २ कास्यपदक हात पारी नवौं स्थानमा छ । १ स्वर्ण, १ रजत र २ कास्यसहित शिवपार्वती मावि पोखरी दशौं स्थानमा छ।

एघारौं स्थानमा कैलपाल मावि बोडाले ३ रजत र ५ कास्य जितेको छ । बाह्रौं स्थानमा २ रजत र २ कास्य जितेको भागेश्वर मावि बशौटी र शिवशङ्कर मावि सादनि छन् । तेह्रौं स्थानमा ३९३ कास्य जित्न सफल भागेश्वर मावि शीर्ष र बैजनाथ मावि सलेता रहेको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक देव बहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार ग्रिनभ्याली इङ्गलीस बोर्डिक स्कुल जोगबुडा र सिद्धनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान ल्याउन सकेनन् । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार करकट्टी गरी क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित, शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८१\०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा भएको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक बोहराले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा परशुराम नगरपालिकाका सामुदायिक र संस्थागत गरी १७ वटा माविहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिब ९ सय बढि छात्र, छात्रा सहभागी भएका थिए ।

बिहीबार सामाजिक विकास समिति संयोजक तथा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक देवबहादुर बोहराको अध्यक्षता एवं नगर प्रमुख भरत बडायर जोशीको प्रमुख आतिथ्यमा रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको थियो । शनिबार डडेल्धुरा जिल्ला समन्वय समिति सदस्य लीला धामीको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको छ ।

शनिबार नै नगरपालिकाले परशुराम नगरपालिकाको आधिकारिक महिला, पुरुष भलिबल र कबड्डी खेलको टिमसमेत घोषणा गरेको छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडीलाई ट्रफीद्वारा सम्मान गरिएको थियो ।गोरखापत्र अनलाइन वाट


२०८१ पुष २१ १४:०८ बजे

प्रतिक्रिया