डडेल्धुरामा क्रान्तिकारी युवा सँघको एधार सदसिय कमिटी गठन

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २० १५:०७ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्वको उपस्थितिमा आज पौष २० गते अमरगढी नगरपालीका वार्ड न. ५ मा क्रान्तिकारी युवा सँघको इश्वरी दत्त अवस्थी किसोरको अध्यक्षतामा एधार सदसिय वार्ड समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष हरि नाथ, सचिव सानु भुल,कोषाध्यक्षमा निरज विष्ट सदस्यमा क्रमशः रोशन दमाइ,ज्ञानेन्द्र ऐर,दिपक वि.क.,केशव विष्ट,मनिष वुढाऐर,विनोद तोलाङ्गी एक जना रिक्त रहेको छन।

क्रान्तिकारी  युवा सँघको वार्ड भेलालाइ सम्वोधन गर्दै इञ्चार्ज प्रतिविम्वले भने- राजनितिक पार्टीहरु वर्गहरुको प्रतिनिधि हुन्छन। काग्रेस एमाले माओवाद केन्द्र दलाल नोकरशाहि पुजिपति वर्ग र दलाल सँसदिय व्यवस्थाका प्रतिनिधित्व गर्ने पार्टी हुन। किसान मजदुर वर्गका पार्टी यिनिहरु होइन्न।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल किसान मजदुरको प्रतिनित्व गर्ने पार्टी हो। किसान मजदुरका छोराछोरीहरुले यसै पार्टीका जनवर्गिय सँगठनहरुमा गोलवन्द हुने पर्ने वताउनु भयो।अहिले दलाल सँसदीय राज्य व्यवस्था (सरकार) भएकोले नयाँ जनवादी व्यवस्था स्थापना गर्न सवै किसान मजदुरका छोराछोरीहरुले क्रान्तिकारी युवा सँधमा सँगठित हुनुपर्ने आवश्यक  वताउनु भयो।

क्रान्तिकारी युवा सँघ  क्रान्तिकारी कम्युनिष्ट पार्टी  नेपाल निकट युवा सँगठन रहेको छ। पार्टीमा सँगठित गर्नुपुर्व   जनवर्गिय एव भातृ सँगठनमा सँगठित गर्नुपर्ने पार्टी निति अनुसार युवाको कमिटी गठन गरिएको अध्यक्ष अवस्थीले बिम्व अनलाइन लाई वताएका छन।

डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालीकाको  ५  न. वार्ड वाट युवाको सँगठन निर्माणको काम शुरुवाती गरेर अमरगढी नगरपालीकाका एधारै वर्डाहरुमा युवाको कमिटी गठन र विस्तार गरि अमरगढी नगरपालीका स्तरिय सम्मेलन गरेर नगर कमिटी गठन गरिने कुरा अवस्थीले वताएका छन।


२०८१ पुष २० १५:०७ बजे

प्रतिक्रिया