के.पि.ओलीले हेलिकोप्टरमा केक बोकेर ‘राजसी ठाँट देखाए- भिम रावल

ओलीले राज्य कोषको चरम दुरुपयोग गर्दै नवसामन्तको नमूना देखाएको आरोप

bimbonline बिम्ब अनलाइन
२०८१ पुष १७ १९:०६ बजे
भिम रावल

काठमाण्डौ।  केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा हेलिकोप्टरमा केक ओसारेर गाउँको जन्मघरमा जन्मदिन मनाएको पुरानो विवादित घटना फेरि चर्चामा आएको छ । एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले आज  पत्रकार सम्मेलनमा उक्त प्रसंग कोट्याएका हुन् । 

२०७७ सालमा ७० औँ जन्मदिन मनाउन ओली हेलिकोप्टरमा केक बोकेर ‘राजसी ठाँट’ सहित तेह्रथुमको जन्मगाउँ पुग्नुभएको थियो । पञ्चायतकालमा राजाको क्षेत्रीय भ्रमण हुँदा क्षेत्रभरिका ‘पञ्च–भलाद्मी र पदाधिकारी’ लाइन लागेकै शैलीमा मान्छेको लाइन लगाएर नेपालको नक्सा अंकित केक काटिएको थियो । त्यसलाई लिएर तत्कालीन नेकपाका शीर्ष नेताहरुले समेत आपत्ति जनाएका थिए । 

सोही सन्दर्भ खोतल्दै नेता रावलले ओलीले राज्य कोषको चरम दुरुपयोग गर्दै नवसामन्तको नमूना देखाएको आरोप लगाए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्री भएको बेला तपाईंले आफ्नो जन्मदिन मनाउन चार वटा हेलिकोप्टर प्रयोग गरी विराटनगरबाट तयारी खाना गृह जिल्लामा ओसार्न लगाउनुको साथै विभिन्न वस्तुहरु वितरण गर्न निकै ठूलो धनराशी खर्च गर्दै राष्ट्रको ढुकुटीमा खेलवाड गर्ने र नेपालको नक्साको केक बनाएर काट्दा तपाईं आफैं नवसामन्तको नमूना देखिनुभएको होइन र ? आजको पत्रकार सम्मेलनमा रावल लले प्रश्न गरेको थिए।


२०८१ पुष १७ १९:०६ बजे

प्रतिक्रिया