डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति डडेल्धुराको आयोजनामा डडेल्धुरा सदरमुकाम वागवजार भिमदत्त चोकमा एकता महाधिवेशन सन्देश सभा आज सम्पन्न भएको छ।
सन्देश सभा लाई केन्द्रिय सदस्य एव डडेल्धुरा जिल्ला इञ्चार्ज लालवहादुर मडै लालकिरणले सम्वोधन गर्दै एकता महाधिवेशनले क्रान्तिकारी सिदान्त र निति पारित गरेको छ। क्रान्तिकारीहरु एकजुट भएर जनवादी क्रान्ति सम्पन्न गर्नु पर्छ। टुटफुट विभाजनले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भएको हुदा सवै क्रान्तिकारी पार्टी समुह व्यक्ति क्रान्तिको झण्डामुनी गोलवन्द हुनु आजको आवश्यकता रहेको कुरा वताउनु भयो।
महाधिवेशनमा देश विदेशका भाइचारा पार्टी सगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। दश दिन सम्म महाधिवेशनका प्रतिनिधि परिवेक्षकहरुले ५६ वटा प्रस्ताव माथि छलफल वहस गरी पारित गर्ने काम गरेको थियो। नेपालको कम्युनिष्ट आन्दोलनमा यो महाधिवेशनले नयाँ अभ्यासको पनि शुरुवात गरेको वताउनु भयो।
कार्यक्रममा केन्दिय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व, जिल्ला कमिटी सदस्य दलजित ऐरी, प्रेम वोहरा समेतको सहभागी रहेको थियो।
प्रतिक्रिया