अभिभावकले नै २४ बर्षीया छोरीलाई बन्धक बनाए

अभिभावकले नै २४ बर्षीया छोरीलाई बन्धक बनाए

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ २२:३८ बजे
छोरीलाई बन्धक

काठमाडौं । बुधबार जिल्ला प्रशासन कार्यालय, ललितपुरमा इमाडोल १ (परिवर्तित नाम) ले आफ्नै अभिभावकबाट ज्यानको खतरा भएको भन्दै सुरक्षाको लागि निवेदन  दिएकी छन्।

आफूलाई बाबुआमाले कोठामा थुनेर राखेको र ज्यानकै खतरा भएको बताएकी उनी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग कुराकानीपछि आश्वस्त देखिइन् ।

इमाडोल १ का अनुसार, उनी २४ वर्षकी भइन् र काठमाडौं मेडिकल कलेजमा दन्त चिकित्साशास्त्र स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । ३४ वर्षीय दन्त चिकित्सक अविनाशकुमार रायसँगको प्रेमलाई लिएर आमाबाबुले आफूलाई एक महिना कोठामा  राखेको उनले बताएकी छन्।

प्रेम सम्बन्ध र विवाहको कुरा गर्दा बाबुआमाले  आफुलाई ललितपुरको इमाडोलबाट लगेर सुनसरीको दुहवी नगरपालिका–४ भलुवाको घरमा एक महिना थुनेको उनले बताएकी छन् । अविनाशलाई नबिर्सिए मारिदिन पनि गाह्रो नमान्ने भन्दै धेरै पटक कुटपिट  गरेको छ। अनेक प्रयासपछि मुस्किलले भाग्न सफल भएकी उनले बताएका छन् ।

महोत्तरीको पिगौना स्थायी घर भएका डा.रायसँगको डेढ वर्षे प्रेमलाई उनीहरु परिवारकै सहमतिमा विवाहमा परिणत गर्न चाहन्थे । त्यसका लागि गत वैशाखमा पहिलो पटक आमाबाबुलाई सम्बन्धबारे बताउँदै विवााह गरिदिन आग्रह गरेकी थिइन् । ‘उनीहरुले जात मिल्दैन भनेर ठाडै अस्वीकार  गरेको उनले बताएकी छन् । पटक–पटक भन्दा पनि उनीहरु मान्ने सम्भावना नदेखिएपछि हामीले असार २६ गते गुह्येश्वरी मन्दिरमा विवाह गर्यौं र आमाबुवाको स्वीकृति लिएर मात्र सँगै बस्ने सल्लाह गरेर आ–आफ्नो घर गयौं’, इमाडोल १ ले भनिन् ।

मन्दिरमा विवाह गरेको कुरा पनि बताएपछि बुबाले अविनाशलाई बोलाएर गुन्डागर्दी गरेको आरोपमा कुटपिट गरेर प्रहरीमा बुझाएको उनले बताएकी छन् । उनले भनिन्,  ‘सम्बन्ध नटुटाए अविनाशलाई मारिदिने भनेपछि म ७ साउनमा इमाडोलबाट दुहवी जान बाध्य भएँ ।त्यसपछि मलाई कोठामा थुनेर राख्नुभयो । परिवारको इज्जतमा दाग लगाएको बन्दै कहिले कहिले हातले त कहिले पाइपले बेस्सरी पिट्नुभयो ।’

त्यसैबीच कसैको मोबाइल फोनबाट अविनाशलाई आफ्नो अवस्था बताउन सकेको र उनले राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीलाई भेटेर उद्धारको आग्रह गरेको  बताइन् । ‘पत्रकारसहितको टोली घरमा आउने तयारी हुन लागेको सुइँको पाएपछि परिवारले भदौ ५ गते ललितपुर ल्याएको अन्सारीले बताए । त्यसबीचमा छोरी किन क्लासमा नआएको भन्दै कलेजबाट पटक–पटक फोन आएपछि विश्वासले भदौ ७ गते मंगलबार बिहान साढे आठ कलेज जान दिएका अन्सारीले बताए। कलेज पुगेर साथीको सहयोगमा उनले अविनाश र मसँग फोन सम्पर्क गर्न उनले बताए अहिले हाम्रै संरक्षणमा छिन् । बाँकी मानवअधिकार र अन्य प्रचलित कानुनअनुसार हुन्छ ।’

२०७९ भदौ ८ २२:३८ बजे

प्रतिक्रिया