काठमाडौं । संसद् सचिवालयले आज एक सूचना जारी गर्दै रवि लामिछानेको साँसद पद मुद्दाको अन्तिम किनारा नभए सम्मका लागी निलम्बनमा परेको बारे जानकारी गराएको छन ।
यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको पत्रपछि संसद्ले निलम्बनमा राखेको सूचना जारी गरेको हो । लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् । उनी विरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण अभियोगमा आइतबार मुद्दा दायर भएको थियो ।
उनी तारेख वा घरौटीमा छुटे पनि साँसद रहने छैन्न। साँसदको हैसियतले कुनै काम कार्वाहिमा भाग लिन वा सहभागी हुन पाउने छैन्न। मुद्दाको अन्तिम किनारा लाग्न छिटोमा जिल्ला अदालतमा नै तिन चार वर्ष सम्म लाग्ने छ। जिल्ला अदालतको फैसलामा चिन्त नवुझ्ने पक्ष उच्च अदालतमा पुनरावेदन गर्ने पाउने छन। यसरी हेर्दा रवि लामिछानेको साँसद पद अर्को चुनाव सम्म वा चुनावमा पनि उम्मेदावार हुन नपाउने गरी समाप्त भएर जाने छ।
प्रतिक्रिया