माओवाद\माओविचारधारा , सँघियता वारे सार्वजनिकरुपमा छलफल चलाउन सकिने,माओवाद र सँघियता पार्टीको अफिसियल लाइन--सि.पि. गजुरेल वरिष्ठ नेता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर २६ १२:०० बजे

काठमाण्डौ। एकता महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले हिजो वागवजारको हार्दिक होटलमा पत्रकार सम्मेलनमा वोल्दै वरिष्ठ नेता सि.पि. गजुरेलले पार्टी भित्रका फरक विचार लाइ व्यवस्थापन गरिएको वताएका छन।

एकता महाधिवेशनले सहमतिको प्रस्ताव पारित गर्दै पार्टीको निर्देशक सिदान्त माओवाद र राज्यको पुनःसँरचना सँघियताका आधारमा गरिने छ।अहिलेको सँघियता वेठिक भएकोले यसको खारेजका लागी पार्टी भित्र एकमत रहेको वताएका छन।नयाँ जनवादी व्यवस्था अन्तगत राज्यको पुनः सँरचना गर्दा आत्मनिर्णयको अधिकारको सैदान्तिक स्वाकृति सहित पहिचान र सामर्थताका आधारमा सँघिय मोडेलमा राज्यको पुनःसँरचना गरिने वताएका छन।

माओवाद\ माओविचारधारा अन्तराष्टिय वहसको विषय भएको र राज्यपुनसँरचना कुनै पार्टी विषेशको विषय नभइ राष्टिय विषय भएकोले यसलाई खुल्ला छलफलमा लिएर जान सकिने कुरा उहाँले वताउनु भयो।जनयुध्दको विषय इतिहासको मुल्याङकन भएकोले अहिले ऐतिहासिक माओवादी जनयुध्द भन्नेर जाने यस लाई पार्टी भित्र आवश्यकता अनुसार छलफल गर्न सकिने वताएका छन।

पत्रकार सम्मेलनको सञ्चालन सन्तवहादुर नेपाली र समसामयिक प्रस्तावको वाचन हेमन्त प्रशाद ओली सुदर्शनले गर्नु भएको थियो।

                                                                                                                                                       

२०८१ मंसिर २६ १२:०० बजे

प्रतिक्रिया