काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको यहि मसिर १३ गते देखि काठमाण्डौको किर्तिपुरमा शुरु भएको एकता महाधिवेशन २३ गते सम्पन्न भएको छ। महाधिवेशनले ११७ पुर्ण र ९५ वैकल्पिक केन्द्रिय सदस्य निर्वाचित गरेको छ। कमिटीको वैठकमा सन्तवहादुर नेपालीको प्रस्ताव र सुदर्शनको समर्थनमा मोहन वैध किरणलाई महासचिव निर्वाचित भएका छन। सन्तवहादुर नेपालीको प्रस्ताव र सुर्दशनको समर्थनमा वैध महासचिव निर्वाचित भएको हुन।
महाधिवेशनले ११७ जनाको केन्द्रिय कमिटि सदस्य मध्ये ११२ निर्वाचित गरेको ५ जना रिक्त र ९५ जनाको वैकल्पिक केन्द्रिय सदस्य मध्ये ८५ जना निर्वाचित गरि १० जना रिक्त राखेको छन।महाधिवेशनमा राजनिति सामरिक प्रतिवेदन, विधान, कम्युनिष्ट पार्टीको इतिहास लगायत सवै प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो।
मतभेद रहेका माओवाद वा माओविचारधारा , सँधियता र जनयुध्दको समिक्षाका विषयहरुमा माओवाद, सँधियता पार्टीको अफिसियल लाइन हुनेछ।तर जनयुध्दको वारेमा आन्तरिक छलफल , माओवाद र विचारधारा ,राज्यको पुनःसँरचना एकात्मक वा सँधात्मक वारेमा खुल्ला छलफल चलाएर जाने भन्ने सहमतिको प्रस्ताव पनि महाधिवेशनले सर्वसम्मतरुपमा पारित गरेको वताइन्छ।
नेपालको कम्युनिष्ट इतिहासमा महाधिवेशन वाट नै मतभेदका विषय खुल्ला छलफल गरेर जान्ने भन्ने प्रस्ताव सर्वसम्मत पारित गरेको यो एक नयाँ अभ्यासको शुरुवात भएको वताइन्छ।यो नितिले नेपालमा छरिएर रहेका माओवाद वा माओविचारधारा मान्ने र सँघियता मान्ने वा नमान्ने विभिन्न क्रान्तिकारी समुह, व्यक्ति व्यक्तित्वहरु सँग पार्टी एकता गर्ने सहज र सजिलो विश्वास गरिएको छ।
क्रान्तिकारीहरु विचको एकिकरण तथा धुव्रिकरणको अभियान निरन्तर नै रहेको महाधिवेशनका सहभागि रामदत्त जोशिलेे विम्वअनलाइन लाई वताएका छन।
प्रतिक्रिया