नेपालमा कोरोना संक्रमण तिव्र हुदै - ४५७ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमण तिव्र हुदै - ४५७ जनामा संक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २ १७:१९ बजे
कोरोना

 काठमाडौं । नेपाल केहि  दिन यता निरन्तर कोरोना संक्रमण हसनेको संख्या  बढीरहेको छ ।  पछिल्लो  २४ घण्टमा नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका  अनुसार त्यस्तै थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या  ११ हजार ९५४ पुगेको छ ।

 सोहि अवधिमा थप ४८ जना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।

२०७९ साउन २ १७:१९ बजे

प्रतिक्रिया