फलफूल पकाउने कार्बाइड प्रयोग नगर्न सरकारको आग्रह

फलफूल पकाउने कार्बाइड प्रयोग नगर्न सरकारको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १६:२७ बजे

काठमाडौं । सरकार फलफूल चाँडो पकाउन लागि कार्बाइड (एसिटिलिन ग्यास) प्रयोग नगर्न आग्रह  गरेको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  फलफूल पकाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ प्रयोग नगर्न सम्बन्धित सबैलाई  प्रयोग नगर्न आग्रह गरेको हो । 

कार्बाइडले मानव स्वास्थ्यको प्रतिकूल असर गर्ने भन्दै विभागले फलफूलको एक सुचना निकाल्दै आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई प्रयोग नगर्न सचेत गराएको हो । खाद्य नियमावली २०२७ को दफा १९ (घ)ले कार्बाइडको प्रयोग निषेध गरेको  जनाउदै विभागले फलफूल पकाउन रसायनको प्रयोग गर्नुपरेमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधिअनुरुप मात्र  आग्रह गरेको छन् ।  

विभागले फलफूलको सेवन गर्दा राम्रोसँग सफा पानीले पखालेरमात्र गर्न उपभोक्ताहरू पनि आग्रह गरेको छ । 

 कार्बाइड असरहरु 

क्याल्सियम कार्बाइडले  हाम्रो छालालाई जलाउन सक्छ । हामिले  सम्पर्क गर्दा दाग हुने  रातो र जलेको महसुस हुने लगायतका विभिन्न असरहरु गदर्छ । एक्सपोजरले फोक्सोमा तरल पदार्थको निर्माण हुन सक्छ (फुफ्फुसीय सूजन) पनि  भनिन्छ । 

फलफूललाई ​​कृत्रिम रूपमा पकाउन प्रयोग गरिने रसायन क्याल्सियम कार्बाइड cac2 हो, जसमा आर्सेनिक र फस्फोरस हुन्छ, जुन दुवै मानवका लागि घातक साबित हुन सक्छ। cac2 एक ज्ञात कार्सिनोजेन हो मानव कोशिकाहरूलाई क्यान्सरमा परिवर्तन गर्ने  सक्ने सम्भावना  रहेको  हुन्छ ।

  


२०७९ भदौ ८ १६:२७ बजे

प्रतिक्रिया