क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनको उद्धाटन काठमाण्डौको भुगोलपार्क न्युरोडमा

उद्धाटन सँयोजक मोहन वैध किरणले गर्नुहुने छन।

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर ९ १९:४१ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनको उद्धाटन सभा एकता महाधिवेशन सफलपारौ- नयाँ जनवादको खुडकिलोपार गर्दै वैज्ञानिक समाजवाद तर्फ अधिवढौँ भन्ने मुल नाराका साथ काठमाण्डौको भुगोलपार्क न्युरोडमा  यहि मसिर १३ गते दिउसो  १ वजे पार्टीका सँयोजक मोहन वैध किरणले  महाधिवेशनको उदधाटन गर्नु हुने कुरा प्रचार विभाग प्रमुख रामसिह श्रीसले विम्ब अनलाइनलाई वताएका छन।

काठमाण्डौको शान्तिवाटिका, रत्नपार्क  र माइतिघर मण्डेलामा भेला भएर  तिन भन्दा वढि स्थानवाट नारा जुलुस सहित  भुगोलपार्क न्युरोड सभास्थलमा सहभागिहरु भेला हुने छन।

उदधाटन शत्रको सञ्चालन पार्टी प्रवक्ता हेमन्त प्रशाद ओली सुदर्शन अध्यक्षता  सहसँयोजक सन्तवहादुर नेपाली असिम, स्वागत भाषण पार्टीका वरिष्ठ नेता सिपि गजुरेलले गर्नु हुने छन। शुभकामना मन्तव्यमा नेपालका वामपन्थी पार्टी तथा अन्तराष्टिय स्तरका भाइचारा पार्टी तथा सँगठनले गर्नुहुने छन।

देशका ७७ जिल्ला तथा विदेशमा रहेका प्रवासी नेपालीहरुका सँगठनहरु वाट महाधिवेशनमा प्रतिनिधिहरु सहभागी हुने छन।  पार्टीको एकता महाधिवेशको अवधि यहि मसिर १३ गते देखि २३ गते सम्म सो पार्टीले   निर्धारण गरेको छ। पार्टीको वन्दशत्रमा करिव एक हजार प्रतिनिधि परिवेक्षक स्वयमसेवक तथा आयोजकको सहभागिता रहेन कुरा प्रचार विभाग प्रमुख रामसिह श्रीसले वताएका छन।

उदधाटन सभामा सम्पुर्ण  युवा विधार्थी व्यापारी मजदुर तथा पेशा व्यवशायिहरुको उपस्थितिका लागी पार्टीले अनुरोध गरेकाछन।


२०८१ मंसिर ९ १९:४१ बजे

प्रतिक्रिया