प्यालेष्टानको समर्थनमा काठमाण्डौमा विशाल प्रर्दशन

प्यालेष्टनिहरुको वाच्न पाउने अधिकारको रक्षा हुनपर्छ-परि थापा नेता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर ८ १९:५५ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (लोकनाराय सुवेदी) नेकपा(माओवादी केन्द्र) नेकपा(समाजवादी), सँयुक्त अभियान  नेपाल समेतका पार्टीहरु तथा विभिन्न सामाजिक सँध सँस्थाहरुको आयोजनमा आज काठमाण्डौमा अमेरिकी साम्राज्यवादको आड र भरौसामा इजरायलले प्यालेष्टानी माथि गरेको नरसँहारको विरोधमा काठमाण्डौको माइतिघर मण्डला वाट नयाँवानेश्वर सम्म विशाल जुलुस प्रदर्शन गरेको छन।

                                                                     

जुलुसमा प्यालेष्टानिहरुको राष्टिय स्वाधिनताको रक्षा गर ,मानवअधिकारको रक्षा गर, प्यालेष्टानिहरुको वाच्न पाउने अधिकारको सुनिश्चितता गर, अमेरिका साम्राज्यवा मुदावाद, इजरायली विस्तारवाद मुदावादका गगनभेदी नारा प्रर्दशनकारीहरुले लगाएका थिए।

नयाँवानेश्वर वाट जुलुश माइतिघर मण्डलामा आएर सभामा परिणत भएको थियो। सभालाइ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य परि थापाले सम्वोधन गर्नु हुदै प्यालेष्टानीहरुको स्वाधिनताका लागी हाम्रो पार्टीले इजराली राजदुतावासमा विरोध पत्र वुझाउनुका साथै विरोध प्रर्दशन पनि गरेका थियो। यो मुद्दा लाइ अन्तराष्टियकरण पनि हामीले गरेका छौ।

                                                                                                

अमेरिकी साम्राज्यवादको आड र भरौसामा इजरायले प्यालेष्टानिहरुको देश र जातीलाई समाप्त गर्ने घोरअन्यायपुर्ण काम गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमत्री हुदा इजरायलको पक्षमा नेपालले मत प्रकट गरेर अमेरिका साम्रज्यवादको पक्षपोषण गरेको थियो। पछि नेपाल तटस्त रहेर अन्याय लाई टुलुटुल हेरी रह्यो यो नेपाल सरकारको अन्यायपुर्ण काम हो। नेपाल सरकार र नेपाली जनता प्यालेष्टनीहरुको न्यायको पक्षमा उभिनु पर्छ परि थापाले भने।कार्यक्रमको अध्यक्षता श्याम श्रेष्ठ र सञ्चालन पुष्कर गौतमले गरेका थिए।


२०८१ मंसिर ८ १९:५५ बजे

प्रतिक्रिया