धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको यहि मसिर १३ गते देखि २३ गते सम्म काठमाण्डौमा हुन गइरहेको राष्टिय एकता महाधिवेशनमा सहभागी हुन ७ न. एवम सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला समितिले आ—आफ्ना जिल्लावाट प्रतिनिधि छनौट गरेको प्रदेश कार्यालयका सचिव रामवहादुर महरा चिन्तकले बिम्व अनलाइन लाइ वताएका छन।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरु मध्ये कैलाली वाट ८ जना कञ्चनपुर वाट ७ जना डडेल्धुरा वाट ६ जना अछाम र वैतडी वाट २\२ जना डोटी,वझाङग,वाजुरा र दार्चुला वाट १\१ जना प्रतिनिधिको महाधिवेशनमा सहभागिता हुने छ। जिल्ला वाट परिवेक्षकको व्यवस्था गरिएको छैन तर आवश्यकता अनुसार स्वयम सेवक भने यस प्रदेश वाट सहभागीता रहने छन।
एकता महाधिवेशनको तयारीको क्रममा ७ न. प्रदेशले प्रचार प्रसार आर्थिक सँकलन प्रतिनिधि छनौटका कामहरु तिव्ररुपमा अगाडी वढाएका छन।
प्रतिक्रिया