काठमाडौं । झापामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीले किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्जल खुलाललाई मंगलबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उज्ज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेका हुन्।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया