दोधारा चाँदनी : महाकाली नदीमा डुबेर दश बर्षीया बालीका बेपत्ता

दोधारा चाँदनीमा : महाकाली नदीमा डुबेर दश बर्षीया बालीका बेपत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १५:०४ बजे

काठमाडौं ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका महाकाली नदिमा बेपत्ता भएकी छन् ।  दोधारा चाँदनीकी  सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्।

दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको र बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका प्रहरी निरीक्षक भरत गिरीले जनाएको छन् ।  

२०७९ भदौ ८ १५:०४ बजे

प्रतिक्रिया