सहकारी ठगी प्रकरणका सवै दोषिलाई कार्वाहीको माग- क्रान्तिकारी कम्युनिष्ट पार्टी कास्की

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक ५ १३:२३ बजे

पोखरा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले सहकारी ठगी प्रकरणका सबै दोषीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न जोडदार माग गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीका सह संयोजक जंजीरले २०८१ कार्तिक हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

 क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले सहकारी पीडितरुको आन्दोलनप्रति गम्भीर ध्यान आकर्षण भएको र उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ ।–“विगत देखि कास्कीको पोखरालाई केन्द्र बिन्दु बनाइ सहकारी पीडितहरुले गरेको आन्दोलन प्रति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गम्भीर ध्यानाकर्षण प्रकट गर्दछ ।

हाम्रो पार्टीले सहकारी पीडितहरुको आन्दोलनलाई एक्यवद्धता प्रकट गर्दै कास्की जिल्लामा कृयाशिल विभिन्न दलहरु सङ्गै संयुक्त दलिय मोर्चा मार्फत निरन्तर आन्दोलनमा रहेको पनि अवगत गराउन चाहन्छौं । सहकारीका रकम अपचलन गर्ने अपराधीहरुलाइ जुन सुकै मूल्य चुकाएर पनि कानुनी दायरामा ल्याइ कार्बाही गर्न माग गर्दै सहकारी ठगि प्रकरणका सबै अपराधीहरुलाइ कानुनी दायरामा ल्याइ कार्बाही गर्नको लागि समेत जोडदार माग गर्दछौं ।”


२०८१ कात्तिक ५ १३:२३ बजे

प्रतिक्रिया