एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक २ ०९:४० बजे

काठमाडौँ । घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौँ दिन मंगलबारसम्म फिल्मले एक महत्त्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ ।

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड क्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख क्रस हाराहारीमा कमाइ गरेको हो ।फिल्मले प्रदर्शनको छैटौँ दिन मंगलबार मात्रै डेढकरोड कमाएको छ । सातौँ दिन बुधबार सोही हाराहारीमा कमाइ हुने प्रक्षेपण वितरक मनोज राठीले गरे ।

उनको यो प्रक्षेपणको आधारमा फिल्मको पहिलो साताको कमाइ १२ करोड हाराहारीमा हुने देखिन्छ । पहिलो साताको कमाइ १२ करोड भित्र समेटिने उनीहरूको अनुमान छ । १० करोड क्लब आफैमा महत्त्वपूर्ण बक्सअफिस उपलब्धि हो । दीपाश्री निरौला निर्देशित यो फिल्म बिहीबार देखी मध्यपूर्व, मलेसिया र माल्दिभ्समा पनि रिलिज हुँदैछ ।‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने आधिकारिकरुपमा बक्सअफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिसकेका छैनन् ।



२०८१ कात्तिक २ ०९:४० बजे

प्रतिक्रिया