मुसाले प्रजनन क्रियामा प्रेमगीत गाउँछ

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २८ ०९:२० बजे

सुन्दा अनौठो र पत्याउन गाह्रो लाग्न सक्छ । तर यो कुरा सत्य हो कि मुसाले पोथीलाई आफूतिर आकर्षित गर्नका लागि तथा प्रजनन क्रियाको सिलसिलामा प्रेमगीत गाउने गर्छन्  ।

भाले मुसाले पोथी मुसालाई आफूतिर आकर्षित गर्नका लागि उच्च-आवृत्तिका अल्ट्रासोनिक आवाजहरू निकाल्ने गर्छ । त्यस्तो आवाज  प्रायः ५०-१०० किलोहर्ट्जको दायरा भित्र रहने गर्छ। यी ध्वनिहरूको आवाज मनुष्यले सुन्ने सक्ने दायराभन्दा बाहिरको हुने गर्छ । सामान्यतस् मानिसले २० किलोहर्जको दायराका आवाजहरु राम्ररी सुन्न सक्छ । त्यसैले मुसाले निकाल्ने त्यस्तो आवाजलाई विशेष उपकरण बिना सुन्न सकिन्न ।

यस्तो आवाज उनीहरुको प्रजनन क्रियाको एउटा हिस्सा नै हो र यो मूलतस् पोथीलाई आकर्षित गर्नका लागि निकालिएको हुन्छ ।भाले मुसाहरूले प्रजनन क्रियाको समयमा पनि त्यस्ता आवाजहरु निकाल्ने गर्छन् । त्यस्तो आवाजलाई  गीत पनि भन्ने गरिन्छ । किनभने त्यस्तो आवाज सामान्य अवस्थाको भन्दा फरक र  जटिल हुने गर्छ ।

यी अल्ट्रासोनिक आवाजहरुले पुरुषको स्वास्थ्य, तन्दुरुस्ती र जेनेटिक गुणको बारेमा पोथीलाई जानकारी दिने विश्वास गरिन्छ। यी आवाजहरूले भाले र पोथीबीचको सम्बन्धलाई पनि स्थापना गर्न मद्दत गर्न सक्छ भन्ने विश्वास गरिन्छ ।

वैज्ञानिकहरुले विशेष उपकरणहरूको प्रयोग गरेर यी अल्ट्रासोनिक ध्वनिहरूको अध्ययन गरेका छन् । त्यसले मुसाहरूको संचार रणनीतिहरूलाई बुझ्नमा मद्दत पुर्‍याएको छ। पोथी मुसाहरु अधिक जटिल र विविध ध्वनिहरू निकाल्ने भाले मुसातर्फ बढी आकर्षित हुने गरेको  अध्ययनहरूले देखाएका छन् । यी अध्ययनहरुले  जनावरहरूको संचारको जटिल तरिकाहरू र तिनीहरूको सामाजिक र प्रजनन व्यवहारमा ध्वनिहरूको भूमिकालाई झल्काएको छ ।



२०८१ असोज २८ ०९:२० बजे

प्रतिक्रिया