टपरीवादको राजनीति, मुलुकको दुर्गति

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २३ १३:३० बजे
एम.जे. शाह

टपरीवाद’ जात, धर्म, वर्ण र समुदाय होइन । यो आचरण, व्यवहार, स्वभावको फुकवादी हर्कत् हो । चाहे वेद होस्, चाहे वर्ण होस्, चाहे जात होस्, चाहे समाज होस्, चाहे विचार होस्–सँधै र सबैमा फुकवादबाट विभाजन ल्याई आफूलाई केन्द्रमा राखिराख्ने चरित्र र अभ्यास टपरीवाद हो । टपरीवादमा जन्मेको, हुर्केको र बढेको टपरीवाल पैसाका लागि जस्तोसुकै हर्कत गर्नपनि पछि नपर्ने खालका हुन्छन् । 

कुरा मात्र गर्ने र काम नगर्ने कामचोर, ठग, किर्ते र जाली नक्कलीवाल, आग्रही–पूर्वाग्रही र प्रतिशोधी, पाखन्ड, दूषित, कलुषित र कुत्सित भावना हो । नेपालमा राजनीतिका स्थायी तथा अस्थायी दुवै सत्तामा टपरीवादको विशेष साजिस योगदान भएकै कारण मुलुक यो गतिमा छ । 

लोभका कारण बिकाउ, ढाँट र नक्कली विधिमा टपरीवाद सक्रिय हुन्छ । टपरीवाल कार्यालय प्रमुख भएको कार्यालय हेर्दा सबै सत्यतथ्य थाहा हुन्छ । टपरीवादले मुख चलाउने तर हात नचलाउने, आफ्नो फाइदाका लागि अर्कोलाई समाप्त गर्ने, सामन्तवाद, पूँजीवाद र विस्तारवादको चाकडी, चाप्लुसी, दलाली, खरिदबिक्री र घुसमार्फत् राज्य सत्तामा आसिन भई नवसामन्तवाद, नवपूँजीवाद, नवविस्तारवाद, आत्मसमर्पणवाद, लम्पसारवाद र कठपुतलीको साधन बनेर देशको हित, सुरक्षा, स्वाभिमान र सार्वभौमसत्ताको विरुद्ध फुकवादी, ठगवादी, झुटवादी, कण्ठमुल्लावादी, रशमुल्लावादी, रोमान्सवादी, अवसरवादी, राजपूँजीवादी, सारसंग्रहवादीको मैमत्तावादीको विचार, संगति गर्दछ । 

टपरीवाद लोभ, स्वार्थ, रिस, डाह, द्दैष र कलुषित भावनाको रसायनिक पुनःउत्पादन हो । फाइदाका निमित्त पाइजामावादी विचार बोकेको प्रवृत्ति, स्वभाव र हर्कत हो । समग्रमा टपरीवाद कामचोर, कमिसनखोर, प्रतिशोधी, पूर्वाग्रही, यौनचोर, अन्यायी, अत्याचारी, जालसाची, किर्ते, नक्कली र अपराधी हुन्छ । प्राचीनकालको बह्मवादको ब्रह्माण्डवादबाट उत्पति भएको टपरीवादकै कारण आजको सच्चा परिणाम हो भनेर बुझ्न नसक्नु नै राज्य कलाको राजनीति होइन, टपरीवादको लाजनीति हो



२०८१ असोज २३ १३:३० बजे

प्रतिक्रिया