क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराको एकता सम्मेलन सम्पन्न धनवहादुर वोहरा सेक्रेटीमा चयन १७ जनाको समिति निर्वाचित १३ पुर्ण ४ वैकल्पिक सदस्य रहने

bimbonline बिम्ब अनलाइन
२०८१ असोज १९ ०६:५२ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डडेल्धुराको एकता जिल्ला सम्मेलन हिजो डडेल्धुराको सदरमुकाम वागवजारको उधोग वाणिज्यसँधको सभाहलमा सम्पन्न भएको छ।

यस जिल्लामा रहेका नेकपा(मशाल) जनमोर्चा , र क्रान्तिकारी कम्युनिष्ट पार्टी ( नेकपा क्रान्तिकारी( माओवादी, नेकपा वहुमत ) विच गत श्रावण महिनामा पार्टी एकता अधिवेशन सम्पन्न भएकोमा हिजो  एकता जिल्ला सम्मेलन सम्पन्न  भएको छ।

सम्मेलनको उदधाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सँहसयोजक सन्तवहादुर नेपालीले पटका पट्काएर गर्नुभएको थियो। कार्यक्रमलाई सम्वोधन गर्दै नेपालीले भन्नु भयो  देश वाढि पहिरोको प्राकृतिक प्रकोपमा आक्रान्त रहेको समयमा देशका प्रधानमत्री अमेरिकामा सयर गरिरहेका थिए। प्रतिक्रियावादी राज्य सत्ता र सरकारका प्रधानमत्री तथा मत्रीहरुको जनताप्रति उत्तरदायि नहुने भएको हुदा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै समाजवादी क्रान्तिमा अधि वढ्नुको विकल्प नभएको वताए। सम्मेलनको सफलताको शुभकामना मन्तव्य पार्टी केन्दिय कार्यालय सचिव इन्द्रमोहन सिग्देल,कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री, सचिवालय  सदस्य एव ७ न. प्रदेश सँयोजक रामवहादुर थारू महानले पनि उदधाटन शत्रमा शुभकामना मन्तव्य  व्यक्त गर्नुभएको थियो। उदधाटनशत्रको सञ्चालन सहसँयोजक रामवहादुर धामी, स्वागत  चेतवहादुर ओली, अध्यक्षता धनवहादुर वोहराले गर्नुभएको थियो।शहिद प्रति एक मिनेट श्रध्दाञ्जली व्यक्त गरेर कार्यक्रमको शुरुवात भएको थियो।

सम्मेलनको वन्दशत्रमा रामवहादुर महरा, वहादुर चाड, डम्वर विष्ट सहितको तिन जनाको अध्यक्ष मण्डलको प्रस्ताव हल वाट पारित भए पछि अध्यक्ष मण्डलको अध्यक्षता वहादुर चाड र सञ्चालन रामवहादुर वहादुर महराले गर्नुभएको थियो। सँयोजक धनवहादुर वोहराले  राजनितिक तथा साँगठनिक प्रतिवेदन प्रस्तुत गरे पछि सो माथि सहभागी प्रतिनिधि परिवेक्षकले छलफल पछि पारित गरिएको थियो।

जिल्ला इञ्चार्ज लालवहादुर मडैले भावि जिल्ला कमिटीको १३ जना पुर्ण ४ जना वैकल्पिक सदस्य १७ जनाको  प्यानल प्रस्ताव हल समक्ष प्रस्तुत पछि छलफल सहित पारित गरिएको थियो। वन्दशत्र वाट धनवहादुर वोहरा लालवहादुर जाग्री, लालवहादुर मडै, रामवहादुर धामी,लिलवहादुर मल्ल,प्रकाश ऐर,दलजित ऐरी,रामदत्त जोशी, लक्ष्मण जाग्री, प्रेमवहादुर वोहरा र  दुइ जना रिक्त रहने गरी तेह जना पुर्ण ,चार जना वैकल्पिक सदस्य  रहने गरी नाम पारित गरिएको थियो। पार्टीको स्थानिय तह निर्देशिका अनुसार पच्चित प्रतिशत सदस्यहरु रिक्त राख्ने पचहत्तर प्रतिशत निर्वाचित गरिने भएकोले सोहि अनुसार गरिएको धनवहादुर वोहराले विम्व अनलाइन लाइ वताएका छन। नयाँ निर्वाचित समितिको पहिलो वैठकले धनवहादुर वोहरा लाई जिल्ला सेक्रेटीमा चयन गरिएको छ। सम्मेलनको समापन कार्यक्रममा सेक्रेटी धनवहादुर वोहराले प्रतिवध्दता र क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य डम्वर विष्टले नवनिर्वाचित कमिटिको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

                                                            फोरम सञ्चालन

पार्टी भित्र रहेका मतभेदका विषयमा  डडेल्धुरा जिल्लामा पनि फोरम सञ्चालन भएको छ। धनवहादुर वोहराको अध्यक्षता रामवहादुर महराले सञ्चालन गरेको फोरममा लालवहादुर जाग्रीले राज्य पुनः सँरचना सँधियताको विपक्षमा  आफ्नो प्रस्तुति , माओविचारधारा र जनयुध्दको समिक्षा वारे सन्तवहादुर नेपाली  र  राज्य पुनः सँरचना सँधियताका पक्षमा , माओवाद र जनयुध्दको समिक्षाको विषयमा इन्द्रमोहन सिग्देल वसन्तले आ-आफ्ना प्रस्तुति प्रस्तुत गरे पछि सहभागीहरुका विभिन्न जिज्ञासा र विचारको प्रोस्तोताहरुले प्रष्टिकरण पछि कार्यक्रम समापन भएको थियो।

                                                                  विरोधसभा सम्पन्न

     

                                                   

क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराको आयोजनामा हिजो डडेल्धुराको सदरमुकामको वागवजारमा रहेको भिमदत्त चोकमा  सहकारी लधुवित्त तथा वित्तिय सँस्थाको चरम शोषणका विरुध्द विरोध सभा सम्पन्न भएको छ। विरोध सभाको सञ्चालन पार्टी केन्द्रिय सदस्य तथा डडेल्धुराका नवनिर्वाचित सेक्रेटी धनवहादुर वोहराले गर्नुभएको थियो। केन्द्रिय सदस्य तथा डडेल्धुरा इञ्चार्ज लालवहादुर मडैले सहकारी वित्तिय सँस्था लधुवित्तहरुले सावाँको दोव्वर व्याज वुझाउदा पनि वित्तिय सँस्थाहरुले ऋणिको ऋण चुक्ता नमानि धितो लिलाम गर्ने, घर जग्गा कव्जा गर्ने, गैरकानुन व्याज , व्याजको स्याज लिए चरम शोषण गर्दै  आएकाहुदा सरकारले यि शोषकहरु लाई कावार्हि गर्नुपर्नेमा  सँरक्षण गरी रहेकोले हाम्रो पार्टी कान्तिकारी कम्युनिष्ट  पार्टीले अव कार्वाहि अगाडी वढाउने र पिडितहरु लाइ   न्यायका लागी प्रहल प्रयत्न र सँगठितरुपमा आन्दोलन अगाडी वढाउने वताउदै कार्यक्रमको समापन गर्नुभयो।



२०८१ असोज १९ ०६:५२ बजे

प्रतिक्रिया