काठमाडौंका लागि २५ हजार सीसीटीभी आवश्यक

काठमाडौंका लागि २५ हजार सीसीटीभी आवश्यक

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १४:२२ बजे
सीसीटीभी

 काठमाडौं । उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले उपत्यकाको सुरक्षाका लागि २५ हजार सीसीटीभी आवश्यक  रहेको बताएका छन् । उनले काठमाडौं  लागि आवश्यक  परेका सीसीटिभी  उपलब्ध गराउन काठमाडौं महानरपालिका र सरकारसँग आग्रह समेत गरेका छन् ।  

उपत्यकाका हुने अपराध र त्यसको नियन्त्रणले देशभरको अपराध र अनुसन्धानको ऐना देखाउने भएकाले त्यसलाई प्रविधियुक्त बनाउनका लागि सीसीटीभीको व्यवस्था गर्नुपर्ने आईजीपी सिंहको भनाई रहेको छन् । 

गृहमन्त्री बालकृष्ण खाँणले देश र जनताको ज्यान र धनको सुरक्षाका लागि प्रहरीलाई बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्।

गृहमन्त्री खाँणले भने, राज्यको पहिलो प्राथमिकता जनताको धन र ज्यानको सुरक्षा हो, त्यसमा सरकार प्रतिबद्ध छ । कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रका बावजूत पनि हामीले प्रहरीलाई स्रोत साधन उपलब्ध गराउँदै आएका छौं ।’

यता काठमाडौं महानगरपालीका मेयर कालेन्द्र पनि सीसीपटभीको लागी  बजेट छुट्याएको बताएका छन् । 

 बालेन भने , ‘हामीले काठमाडौंमा सुरक्षाका लागि सीसीटीभी राख्न बजेट नै छुट्टयाएका छौं । प्रहरीको समन्वयमा नै राख्ने छौं। 

२०७९ भदौ ८ १४:२२ बजे

प्रतिक्रिया