डडेल्धुराको क्रान्तिकारी कम्युनिष्ट पार्टीले सहकारी लधुवित्तको शोषण विरूध्द विरोध सभा गर्ने

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ८ ११:४८ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराले यहि असोज १२ गते सहकारी लधुवित्त तथा वित्तिय सँस्थाको चरम शोषणका विरुध्द डडेल्धुरा सदममुकाममा विरोध सभा गर्ने भएका छन।

विरोध सभा लाई  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व सचिवालय सदस्य एव ७ न. प्रदेश सँयोजक रामवहादुर थारू महान, केन्द्रिय सदस्य एव डडेल्धुरा इञ्चार्ज लालवहादुर मडै लालकिरणले सम्वोधन गर्ने कुरा इञ्चार्ज लालकिरणले विम्व अनलाइन लाई वताएका छन।

कार्यक्रममा भ्रष्टाचारीलाई- कार्वाहि गर राजकीयपदमा दलिय भागवण्डा -वन्द गर, दलिय अधिनायकवाद- मुदावाद सरकारी अनुदान ्योजना दलिय कार्यकर्तालाई वितरण गर्न -वन्दगर, वास्तविक किसानलाई -अनुदान देउ,भारतिय विषादीयुक्त कृर्षिजन्य मासुजन्यवस्तुको आयात -वन्द गर, स्वदेश उत्पादनलाई -प्रोसाहन गर,शिक्षा स्वास्थ्यमा व्यापारिकरण निजिकरण- वन्द गर, निःशुल्क शिक्षा स्वास्थ्यको -व्यवस्था गर,भ्रष्टाचारी जाली फटाहा माफिया दलाललाई – जनकार्वाहि गरौ, सभ्य समाज निर्माणको दिशामा अधि वढौ।दलाल सँसदीय व्यवस्था –मुदावाद।   नयाँजनवादी व्यवस्था- जिन्दावाद,भारतिय विस्तारवाद –मुदावाद। अमेरिकी साम्राज्यवाद -मुदावाद।प्यालेष्टानीहरु माथिको नरसँहार वन्दगर। मानव अधिकारको रक्षागर।एमसिसि समेतका सम्पुर्ण असमान सन्धि सम्झौता खारेज गर, राष्टियता र स्वाधिनताको रक्षा गर। क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता अधिवेशन सफल पारौ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल – जिन्दावाद भन्ने नारा सहितका प्ले कार्डहरु प्रर्दशन गरिने कुरा जिल्ला सह सँयोजक रामवहादुर धामी विजयले वताउनु भयो। कार्यक्रम डडेल्धुराको वागवजारमा हुने छ।




२०८१ असोज ८ ११:४८ बजे

प्रतिक्रिया