दाङमा कृत्रिम जलाशयमा डुबेका पुरुषको तीन दिनपछि शव भेटीयो

दाङमा कृत्रिम जलाशयमा डुबेका पुरुषको तीन दिनपछि शव भेटीयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १४:१२ बजे
death

काठमाडौं ।  दाङमा कृत्रिम जलाशयमा डुबेका एक पुरुषको तीन दिनपछि शव फेला परेको छ।

घोराही-१७ मा रहेको कर्जाही कृत्रिम जलाशयमा सोमबार डुबेका घोराही-१७ का ४० वर्षीय अम्मर चौधरीको शव तीनदिनपछि  भेटीएको हो ।  

ड्याममा घोंघी टिप्न गएका चौधरी सोमबार कृत्रिम जलाशयमा डुबेपछि  बेपत्ता भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतम का अनुसार सोमबारदेखि खोजी गरिए पनि बुधबार मात्रै उनको शव फेला परेको  हो । 

चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो। 

२०७९ भदौ ८ १४:१२ बजे

प्रतिक्रिया