आलितालमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको गाउँसम्मेलन सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ५ १४:३० बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल आलीताल गाउँसमितिको सम्मेलन यहि असोज ३ गते आलीतालको गोदाम-मौरी वजारमा सम्पन्न भयो।

कार्यक्रमको उद्धाटन जिल्ला सहसँयोजक रामवहादुर धामी विजयले व्यानर वाचन गरेर गर्नुभयो। सम्मेलनले आलीताल गाउँपालीका पार्टी समितिको अध्यक्षतामा धनजित विष्ट सचिवमा अर्जुन कुवर सदस्यहरुमा क्रमश गँगा देवी सार्की,सुरेन्द्र कामी,चन्द्र चुनारा,हर्क धामी,हर्क कुवर, नरवहादुर चुनारा,धनवहादुर विष्ट, नवराज विष्ट,विक्रम विष्ट,तिलक नेपाली, टेक सार्की,विर वहादुर विक,सति कामी दानवहादुर ताम्राकार रामवहादुर दमाइ निर्वाचित भएका  छन।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको डडेल्धुरा जिल्लाको एकता सम्मेलन यहि असोज ११ गते डडेल्धुरा सदरमुकाम वागवजारमा हुने गइरहेकोले सोको तयारीका लागी डडेल्धुरा जिल्ला अन्तगतका सातवटै स्थानिय तहहरुमा पार्टीका भेला एव सम्मेलन गरिरहेको कुरा सहसयोजक  धामीले विम्व अनलाइन लाई वताएका छन।



२०८१ असोज ५ १४:३० बजे

प्रतिक्रिया