महासङ्घको वर्तमान केन्द्रीय समिति नै अवैध, क्रियाशील सम्पूर्ण पत्रकार सङ्गठनको सहभागीतामा अन्तरिम महासँध गठनको माग-नारायण शर्मा क्रान्तिकारी प्रेस सँगठन सँयोजक

ठूला भनिने ती पत्रकार सङ्गठनहरूमा निहित बर्चस्ववादी मानसिकता, महासङ्घलाई आफ्नो स्वार्थको अखडा, सत्ता र ठूला मिडियाको बुख्याँचा बनाउने प्रवृत्ति अहिलेको अवस्थाको मुख्य कारक तत्व हुन्

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ५ ११:३५ बजे
नारायण शर्मा सँयोजक क्रान्तिकारी प्रेस सँगठन

नेपाल पत्रकार महासङ्घमा विकसित भइरहेको पछिल्लो घटनाक्रमप्रति क्रान्तिकारी प्रेस सङ्गठनको गम्भीर रुपमा ध्यान आकृष्ट भएको  सङ्गठनका सँयोजक नारायण शर्माले  आज जारी गरेको प्रेस वक्तव्य मार्फत धारणा स्पष्ट गरेका छन।

वक्तव्यमा भनिएको छ  यही असोज १२ गतेका लागि तोकिएको नेपाल पत्रकार महासङ्घको निर्वाचन पनि नहुने निश्चित भएको छ । निर्वाचन समितिले चुनाव स्थगित भएको सूचना जारी गरेको छ भने महासङ्घका कार्यवाहक अध्यक्ष रमेश बिस्टले समेत राजिनामा दिएका छन ।

अहिले महासंघमा जुन भद्रगोल र अराजकता देखिएको छ, त्यसको मुख्य जिम्मेवार महासंघको अध्यक्ष र कार्यवाहक अध्यक्ष मात्र होइन्न यसका लागि सिंगो पदाधिकारी टिम र केन्द्रीय समिति नै जिम्मेवार रहेको छ । महासङ्घलाई यो अवस्थामा पुर्‍याउनुमा विशेष गरेर जिम्मेवार ठूला भनिने तीन पत्रकार सङ्गठनहरू नै हुन् । महासङ्घका पदाधिकारी र सिङ्गो समितिलाई तिनै ठूला भनिने पत्रकार सङ्गठनहरूले आफ्नो स्वार्थअनुरुप परिचालन गर्दाको परिणाम नै आजको यो विकराल अवस्था सृजना भएको हो । ठूला भनिने ती पत्रकार सङ्गठनहरूमा निहित बर्चस्ववादी मानसिकता, महासङ्घलाई आफ्नो स्वार्थको अखडा, सत्ता र ठूला मिडियाको बुख्याँचा बनाउने प्रवृत्ति अहिलेको अवस्थाको मुख्य कारक तत्व हुन् । उनीहरूमा त्यही प्रवृत्ति र स्वार्थ जीवित रहँदासम्म र महासङ्घको वर्तमान समितिले उनीहरूको दबाब र प्रभावबाट मुक्त भई महासङ्घको विधि विधानअनुरुप परिचालित हुने हिम्मत नराख्दासम्म जति पटक निर्वाचनको मिति घोषणा गरे पनि त्यो चुनाव सम्पन्न हुन सक्ने छैन वक्तव्यमा उल्लेख गरेका छन।

 वक्तव्यमा अगाडी भनिएको छ-  हामीले यस अघि असोज १ गते जारी गरेको प्रेस वक्तव्यमा पनि आफ्नो धारणा स्पस्ट पारेका थियौँ, ‘। अब पनि घोषित मितिमा निर्वाचन नगर्ने अवस्था बनेमा सिङ्गो केन्द्रीय समिति नै अक्षम ठहरिनेछ । हामीलाई आशा छ, महासङ्घको वर्तमान केन्द्रीय समितिले त्यस्तो अप्रिय स्थिति आउन दिनेछैन ।’ तर, अहिले त्यही अप्रिय स्थिति सृजना भएको छ । त्यसैले हाम्रो सङ्गठनको स्पस्ट मत छ- महासंघको वर्तमान केन्द्रीय समितिलाई नै अब विघटन गरिनुपर्छ । तीन ठूला भनिने पत्रकार सङ्गठनहरूको दबाब र प्रभावमा परी सदस्यता विवाद सल्टाउन र निर्वाचन गर्न असफल रहेको वर्तमान केन्द्रीय समितिनै विघटन गरी क्रियाशील सम्पूणर् पत्रकार सङ्गठनहरूको सर्वपक्षीय गोलमेच सम्मेलनबाट ती सबै संगठनहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी महासङ्घको अन्तरिम केन्द्रीय समिति बनाएर जानुपर्छ । त्यही समितिले चुनावको नयाँ मिति तय गर्नुपर्दछ ।

त्यही सर्वपक्षीय गोलमेच सम्मेलनबाट अधिकार सम्पन्न शक्तिशाली सदस्यता छानबिन कार्यदल बनाई सदस्यता सम्बन्धी विवाद सल्टाउनुपर्छ । पेशामा क्रियाशील नरहेका र भागबण्डाको आधारमा थपिएका ती सबै गैरपत्रकारहरूको सदस्यता खारेज गरिनुपर्दछ । वास्तविक क्रियाशील श्रमजीवी पत्रकारहरूलाई सदस्यताबाट बन्चित गराइनुहुँदैन । यसरी मात्र नेपाल पत्रकार महासङ्घलाइ सबै आस्था र विचारका श्रमजीवी पत्रकारहरूको साझा अभिभावकीय छाता संगठनको रुपमा पुनस्र्थापित गरेर लैजान सकिन्छ भन्ने मान्यता हाम्रो सङ्गठनले राख्दछ । त्यसैले नेपाल पत्रकार महासङ्घको केन्द्रीय तदर्थ समिति गठनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको तयारीमा जुट्न हामी सम्पूणर् क्रियाशील पत्रकार सङ्गठनहरूसँग हार्दिक अपिल गर्दछौँ  भनि उल्लेख गरेका छन



२०८१ असोज ५ ११:३५ बजे

प्रतिक्रिया