क्रान्तिकारी कम्युनिष्ट पार्टी ७ न.प्रदेशमा महाधिवेशनको तयारी र प्रचार प्रसार तिव्र, भेला सम्मेलन हुने क्रम जारी

डडेल्धुराको परशुराममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नगर भेला सम्पन्न अध्यक्षमा लक्ष्मण जाग्री ,सचिवमा अर्जुन वोहरा निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २ १९:२२ बजे

धनगढी। क्रान्तिकारी  कम्युनिष्ट पार्टी नेपालको आगामी मसिर १३ गते काठमाण्डौमा  हुन गइरहेको एकता महाधिवेशनको तयारी तथा प्रचार प्रसार ७ न. प्रदेशका जिल्लाहरु कैलाली डडेल्धुरामा तिव्ररुपमा अगाडी वढीरहेका छन। 

कैलाली जिल्ला अन्तगत गोदावरी नगर समितिले आफ्नो नगर सम्मेलन र कैलाली जिल्लाको जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा  गोदावरी नगर समितिको आयोजनामा आज देखि अत्तरिया वजार वाट व्यानर सहित नगर जिल्लाका सम्मेलन र केन्द्रको महाधिवेशनको प्रचार प्रसार ,कोण सभा, सँगठन निर्माण, आर्थिक सँकलन शुरु गरेको केन्द्रिय सदस्य टँक कोइरालाले विम्व अनलाईन लाई वताएका छन। भोली देखि गोदावरी नगरपालीकाका चौधरी गल्ली,कृष्णमन्दिर,पिपलचोक,क्षेत्रिय सव्जीमण्डी, दुर्गा मन्दिर लगायतका स्थानमा कार्यक्रम हुने छन।

कैलाली जिल्लाको जिल्ला सम्मेलन यहि १६ गते  र गोदावरी नगरको नगर सम्मेलन यहि ७ गते हुने भएकोले यसको तयारीका लागी व्यानर सहितको टोली वनाएर किसान मजदुर व्यापारी सवैको घरदैलो कार्यक्रम सञ्चालन गरेको छौ, टोलीमा कैलाली सँयोजक एव केन्द्रिय सदस्य रुद्र कडेल ,केन्द्रिय सदस्य दिनेश थापा समुद्र, महिला नेतृ मिना कडाल , केन्द्रिय सदस्य टँक कोइराला सहित नगर गाँउ पार्टी कमिटीका सदस्यहरु रहेको कुरा रुद्र कडेलले  अनलाइन लाई वताएका छन।

डडेल्धुराको परशुराम नगरपालीकामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नगर भेला सम्पन्न,अध्यक्षमा लक्ष्मण जाग्री, सचिवमा अर्जुन वोहरा निर्वाचित

डडेल्धुरा जिल्लाको परशुराम नगरपालीकाको नगर भेला आज  जमरानीमा  सम्पन भएको छ। कार्यक्रमको उद्धाटन केन्द्रिय सदस्य एव जिल्ला सँयोजक धन वहादुर वोहराले व्यानर वाचन गरेर गर्नुभएको थियो। भेलाले अध्यक्षमा लक्ष्मण जाग्री उपाध्यक्षमा रामदत्त जोशी सचिवमा अर्जुन बोहरा सदस्यहरुमा  क्रमश जयवहादुर वोहरा ,वीरवहादुर जाग्री ,पदम धामी मंगल धामी मान बहादुर जाग्री तिन जना रिक्त रहने गरी एधार जनाको क्रान्तिकारी कम्युनिष्ट पार्टी परशुराम नगर समिति निर्वाचित गरेको कुरा अध्यक्ष लक्ष्मण जाग्रीले विम्व अनलाइन लाई वताएका छन।




२०८१ असोज २ १९:२२ बजे

प्रतिक्रिया