यहि असोज ११ गते डडेल्धुरा सदरमुकाममा क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराको जिल्ला अधिवेशन उदधाटनहुने

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ ३१ २०:०६ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डडेल्धुरा जिल्ला सँगठन समितिका सँयोजक धनवहादुर वोहराको अध्यक्षतामा भाद्र २७ गते जिल्ला समितिको वैठक वसेको छ।

पार्टीले असोज ११ गते डडेल्धुरामा पार्टीको  जिल्ला अधिवेशन गर्ने सँयोजक धनवहादुर वोहराले वताएका छन। वोहराले भने जिल्ला अधिवेशन भन्दा अगाडी यहि असोज २ गते पशुराम नगरपालीकामा अधिबेशन , असोज ३ गते आलिताल गाउँपालीकामा अधिबेशन र असोज ५ गते भागेस्वर ,असोज ६ गते अजयमेरु, असोज ७ गते नवदुर्गा ,असोज ८ गते गन्यापधुरा तथा असोज ९ गते अमरगढीमा  नगर तथा गाउँपालीका स्तरिय  भेला हुने छन। भेलामा सवै पार्टी सदस्य समर्थक शुभचिन्तकहरुको उपस्थितिका लागी अनुरोध गर्दछौँ वोहराले भने।

आगामी मसिर १३  देखि २३ सम्म काठमाण्डौमा हुन गइरहेको पार्टीको महाधिवेशन र जिल्ला अधिवेशनको प्रचार प्रसारका लागी  जिल्ला  ईन्चार्ज लालकिरणको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ।  डडेलधुरा जिल्ला संयोज धनबहादुर बोहराको संयोजकत्वमा ५ सदस्यीय आर्थिक मुल समिति पनि गठन गरिएको कार्यालय सचिव लछिमन जाग्रीले वताएका छन। आर्थिक समितिले एक सय,दुइ सय र पाँच सय रुपियाको जनसहयोग रसिद    आम जनता समक्ष वितरण गरिने  वताएका छन। महाधिवेशन जनसहयोग रसिदको फोटोहरु जिल्ला अधिवेशन र महाधिवेशन सफल पार्न आम किसान मजदुर व्यापारी विभिन्न व्यवशायी कर्मचारीहरु लाई आर्थिक सहयोगका लागी पार्टीले अपिल गरेको वताइन्छ।

                                                                                                 


२०८१ भदौ ३१ २०:०६ बजे

प्रतिक्रिया