क्रान्तिकारी कम्युनिष्ट पार्टी ७ न. प्रदेश अन्तरगतका नगर\गाउँ सम्मेलन हुदै

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ २५ २१:०७ बजे
वैठकमा कुरा राख्दै इञ्चार्ज लाल वहादुर जाग्री

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलाली जिल्ला सँगठन समितिको आज जिल्ला सँयोजक रुद्र कडेलको अध्यक्षमा घोडाघोडी नगरपालीकाको सुखडमा वैठक वसेको  छ। 

वैठकका प्रमुख अथिति पार्टीका  केन्द्रिय कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री ,अथितिमा सचिवालय सदस्य एव ७ न. प्रदेश सँयोजक रामवहादुर थारु महान, सचिवालय सदस्य एव ७ न. प्रदेशका सहसयोजक रामवहादुर के.सी. डाइमण्ड, सचिवालय सदस्य एव कैलाली इञ्चार्ज शेरवहादुर देउवा शिखर हुनुहुन्थ्यो।

वैठकले रुद्र कडेलको सँयोजकत्वमा आर्थिक समिति ,प्रचार प्रसार समिति गठन गरेको छ।  कैलाली जिल्लामा रहेका स्थानिय तह नगर\ गाउँपालीकामा  सम्मेलन  गरिने छन। जस अनुसार धनगढी उपमहानगरपालीकामा  असोज ३ गते , गोदावरी नगरपालीकामा  असोज ७ गते सम्मेलनहरु हुने छन। गौरीगँगा नगरपालीकामा असोज ५ गते,घोडाघोडी नगरपालीकामा असोज ४ गते,टिकापुर नगरपालीकामा असोज ९ गते,जानकीअसोज ८ गते,जोशीपुर असोज १० गते भजनीनगरपालीकामा असोज ६  गते भेला हुनकुरा सँयोजक रुद्र कडेल वताएका छन। वाकी पालिकामा दोस्रो चरणमा भेला\ सम्मेलन गरिने कुरा पनि सँयोजक कडेल बिम्व अनलाईन लाई वताए।

हिजो कञ्चपुर जिल्ला कमिटीको वैठकले पनि नगर\गाँउ पालीकामा सम्मेलन भेला गर्ने कार्यक्रम निधारण गरेको कुरा जिल्ला सँयोजक विष्णुराम दमाइले वताएका छन। जस अनुसार वेतकोटमा असोज ५ गते ,शुक्लाफाँटामा असोज ८ गते, लालझाडीमा असोज १० गते सम्मेलन र कृष्णपुरमा असोज ७ गते,पुनवासमा असोज ६ गते, वेलडाडीमा असोज १० गते , वेलौरीमा असोज ९ गते भेला हुने कुरा सँयोजक विष्णुराम दमाइले बिम्ब अनलाईन लाई वताएका छन।

यसै गरी पहाडी जिल्लाहरु डडेल्धुरा डोटी वैतडी, वझाङ, अछाम,वाजुरा दार्चुलाका जिल्ला कमितिका वैठकहरुले त्यहाँका गाउँ नगरपालीका सम्मेलन\ भेलाहरुको मिति तय गरी सम्पन्न गरिने वताइन्छ।


२०८१ भदौ २५ २१:०७ बजे

प्रतिक्रिया