पलशाहको एकवर्षको मुद्दाको अवधिमा चार करोड स्वाहा,

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ २२ ०७:४९ बजे

काठमाण्डौ। अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दा टुंगिसकेको छ । मुद्दा चल्दै गर्दा करिब एक वर्ष उनी जेलमै बसे । त्यतिबेला पलको पक्षमा एक दर्जन वकिलहरुले बहस गरेका थिए । त्यो क्रममा पलले कति पैसा खर्च गरे होलान ? यो दर्शकलाई चासोको प्रश्न थियो । 

पलले मुद्दा लड्ने क्रममा एक वर्षभित्र चार करोडभन्दा बढी पैसा सकिएको बताएका छन् । उनले एक अन्तर्वार्तामा जीवनभर कमाएको पैसा सकिएर पनि घाटा भएको बताएका हुन् । 

‘वकिलहरुलाई पे गर्नुपर्छ, एक पटक बहस गर्दा १० जना वकिल हुन्छन्’, उनले भने, ‘एक पटकमा १०÷१५ लाख सकियो, एक वर्षमा ४०÷५० पटक बहस भयो होला, धेरै खर्च भयो ।’

दाङ गृह जिल्ला भएका पलले घटना हुनुअघि काठमाडौँमा घर बनाउने तयारी भइरहेको बताएका थिए । तर अहिले त्यो सपना पनि चकनाचुर भएको उनको अनुभव छ । ‘काठमाडौँमा घर बनाउने तयारीमा थियौँ, जग्गा लिएर रेडि थिएँ, तर त्यो घटना भएपछि सबै सेभिंग सकियो, अकाउन्ट रित्तिएर पनि माइनसमा गएँ’, उनले थपे । त्यसो त, करिब साढे दुई वर्षपछि पलले चलचित्रमा कमब्याक गरेका छन् । आजदेखि उनी अभिनित चलचित्र ‘रावायण’ प्रदर्शनमा आएको छ । 

वलात्कार मुद्दाकै कारण पछिल्लो समय पलका दर्शकहरु दुई वर्गमा विभाजित भएको देखिन्छ । कतिपयले पललाई आइडल मान्दै आएका छन् । भने, कतिपयले अझै पनि एक अवोध युवतीको फाइदा उठाएको भन्दै दोषी ठान्ने गरेको पाइन्छ । यसैको असर हुनसक्छ, हलहरुमा ‘रावायण’को प्रदर्शन हुँदा अपेक्षित दर्शकहरुको उपस्थिति रहेको पाइएन ।


२०८१ भदौ २२ ०७:४९ बजे

प्रतिक्रिया