क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता महाधिवेशन आगामी मसिर १३ देखी २३ सम्म काठमाण्डौमा

वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ हो - प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ २१ १५:१८ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले हिजो  काठमाण्डौको डव्वली सम्वादमा पत्रकार सम्मेलन गर्दै पार्टीले   आगामी मंसीर १३ देखि २३ गते सम्म काठमाण्डौमा एकता महाधिवेशनहुने जानकारी दिदै पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

पार्टीको महाधिवेशन प्रचारप्रसार समितिको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले पार्टीको नीतिहरुबारे प्रष्ट पारेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुदर्शनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी गर्नु भयो ।“वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो ।” सुदर्शन’ले भन्नुभयो “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो ।

एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुँजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरुको ठूलो हात रहेको बताएका थिए ।” सम्मेलनमा बोल्दै प्रवक्ता ओलीले आफूहरुले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई यो सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गर्नुभयो ।



२०८१ भदौ २१ १५:१८ बजे

प्रतिक्रिया