महङ्गी मिटरव्याजी भ्रष्टाचार राष्टृधात विरुध्द विरोधसभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ १८ ०९:४० बजे

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महङ्गी मिटरव्याजी, विसँगति , राष्टृधात विरुध्द देशव्यापीरुपमा हिजो भाद्र १७ गते विरोध तथा भण्डाफोर सभाको  गर्ने क्रममा ७ न. प्रदेशको अत्तरियामा कोण सभा सम्पन्न भयो।

कोणसभा लाई ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्रीले सम्वोधन गर्दै अहिले करिव छ लाख जनताको घरजग्गा विभिन्न  वैङ्क तथा वित्तिय सँस्थामा धितोवन्धक राखेका ऋणिले लिएको ऋणको दोव्वर साँवा र व्याज तिरिसक्दै पनि घरजग्गा फिर्ता नगरी वैङ्कहरुले जनताको सम्पत्ति हड्पने काम गर्दै आएका छन। सामान्य वजारमा एकहजार पर्ने पाइण्टको भाटभटेनी सुपर मार्केटमा पाँच हजार लिदा पनि कसैलाई कार्वाहि हुदैन।वैङ्क र सुपर मार्केटमा विदेश स्वदेशी दलाल र सँसदवादी दलका नेताको पाटर्नसिप रहेको हुदा कार्वाहि नभएको हो। चिनमा भ्रष्टाचार गर्ने लाई फाँसीको सजाय दिइन्छ भन्ने नेपालमा भ्रष्टाचारी लाई मन्त्री वनाइन्छ ।दलाल सँसदी व्यवस्थाको अन्त्य र नयाँ जनवादी व्यवस्थाको स्थापनाले मात्र  समस्या  समाधान गर्न सक्छ उहाँले वताउनु भयो।                                                                 

कोणसभा लाई अर्को वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेपालका केन्द्रिय सदस्य हरि प्रशाद सुवेदीले विगतको व्यवस्थाले जनताका अधिकार सुनिश्चित नगरेको  हुदा हाम्रो सँधर्ष वाट गणतत्र आयो तर गणतत्रले पनि दलालहरुको नै पक्षपोषण गरेको हुदा जनगणतत्र नआएसम्म जनताका अधिकार सुनिश्चित नहुने भएकोले जनगणतत्र ल्याउनका सवै श्रमजिवि किसानहरु एकहुनु पर्ने वताउनु भयो।

कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य एव ७ न. प्रदेश कार्यालय सचिव राम वहादुर महराले गर्नुभएको थियो।



२०८१ भदौ १८ ०९:४० बजे

प्रतिक्रिया