क्रान्तिकारी कम्युनिष्ट पार्टी ७ न. प्रदेशमा प्रशिक्षण र कोणसभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ १७ ०८:१७ बजे

कञ्चनपुर। क्रान्तिकारी कम्युनिष्ट पार्टी ७ न. प्रदेशको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम यहि १४ र १५ गते कञ्चनपुरको वेतकोट नगरपालीकामा सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रमको उदधाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य एव स्कुल विभाग प्रमुख रामसिह श्रीस राजविरले व्यानर वाचन गरेर गर्नु भएको थियो।

कार्यक्रमका अन्य अथितिहरुमा पार्टी केन्द्रिय कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री,पार्टीका सचिवाल सदस्य  शेरवहादुर देउवा शिखर, थारु राष्टिय मुक्ति मोर्चाका प्रदेश सँयोजक विन्तिराम चौधरी,क्रान्तिकारी युवा सँगठनका प्रदेश सँयोजक कमल चौधरी, क्रान्तिकारी किसान महासँधका प्रदेश सँयोजक टँक कोइराला,क्रान्तिकारी महिला सँधकी प्रदेश सँयोजक मिना कडाल हुनुहुन्थो।

अहिले प्रदेश स्तरिय प्रशिक्षणको आवश्यक्ता र महत्व दुवै रहेको यसले ७ न. प्रदेशको पार्टी लाई गतिशिल वनाउन मदत पुग्ने कुरा प्रमुख अथिति राम सिह श्रीसले वताउनु भयो। प्रदेश स्तरिय प्रशिक्षणले पार्टीमा रहेको निष्कृता नैराश्यता , दुविधा  र पलायन लाई चिरेर पार्टी भित्र क्रान्तिकारी आशा र उर्जा सृजना गरी पार्टी गधिविधिलाई चलायमान  वनाउन मदत पुग्ने कुरा इञ्चार्ज लाल वहादुर जाग्रीले वताउनु भयो।

कार्यक्रममा विश्वदृष्टिकोण,न्दन्दात्मक भौतिकवादको मुल नियम,पार्टी एकता र एकता महाधिवेशनको तयारी विषयमा  राम सिह श्रीसले प्रशिक्षण दिनु भएको थियो। अर्का प्रशिक्षक लालवहादुर जाग्रीले  अन्तविरोधका नियम,सँस्कृति र साँस्कृतिक रुपान्तरण, पार्टी सदस्य र कार्यकर्ता वारे , विज्ञान प्रविधि सँञ्चारको पार्टी काममा प्रयोग  वारे, जनवादी केन्द्रीयता र सँगठनका वारे शेरवहादुर देउवा शिखर र जवस, पेशागत सँगठन ,मोर्चा र पार्टी विचको अन्तर सम्वन्ध वारे धुव्र ओलीको प्रशिक्षण दिनु भएको थियो।

दुइ दिने प्रदेश स्तरिय प्रशिक्षणमा ७ न. प्रदेशका वैतडी , वझाङ,अछाम,डोटी डडेल्धुरा, कैलाली र कञ्चनपुर गरी सात वटा जिल्लाका कार्यकर्ताहरुको सन्तोसजनक उपस्थिति रहेको कार्यालय सचिव राम वहादुर महराले वताएका छन। कार्यक्रामको  अध्यक्षता प्रदेश सँयोजक महान सञ्चालन प्रदेश सँह सयोजक राम केसी डाइमण्ड, स्वागत भाषण हरि सुवेदीले गर्नु भएको थियो।

                                       गणतान्त्रिक चोकमा कोणसभा

                  भ्रष्टाचार अपराधवाट उन्मुक्ति पाउन हदम्यादको व्यवस्था गर्न खोजे - जाग्री

                                                                                                    

क्रान्तिकारी कम्युनिष्ट पार्टी ७ न. प्रदेशको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको समापन पछि कञ्चनपुर वेतकोट नगरपालीको  धर्मपुरमा रहेको गणतान्तिक चोकमा कोण सभा सम्पन्न भएको छ। कोण सभाको सञ्चालन पार्टी केन्द्रिय सदस्य एव कञ्चनपुर सँयोजक विष्णु दमाईले गर्नुभएको थियो। कार्यक्रमलाई सम्वोधन गर्दै कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्रीले सँसदवादी पार्टीहरुले पालो पालो गरी मिलिजुली गरेका भुटानी शर्णार्थी काण्ड समेतका सयौ  भ्रष्टाचार काण्डहरु काग्रेस,एमाले, र माओवादी केन्द्र  नेताहरुले मिलिजुली गरेको थिए। पाँच वर्ष भित्र थाहा नपाएमा त्यस पछि मुद्दा नलाग्ने  गरी ५ वर्षको हदम्याद राख्ने खोजेका थिए। जनताको चौतर्फि विरोधका कारण सम्भव भएन। स्थानिय तह,  प्रदेश र केन्द्र सवै ठाउँमा भ्रष्टाचार गरिरहेको छ। यसका विरुध्द सवै जनता एकभइ भ्रष्टाचारका विरुध्द शसक्त आन्दोलन गर्नुपर्ने जाग्रीले वताए।कोणसभा लाई केन्द्रिय सदस्य एव कञ्चनपुर जिल्ला इञ्चार्ज हरि सुवेदीले पनि सम्वोधन गरेका थिए।




२०८१ भदौ १७ ०८:१७ बजे

प्रतिक्रिया