क्रान्तिकारी कम्युनिष्ट पार्टीको ७ न. प्रदेशले कार्यकर्ता प्रशिक्षित गर्दै ,एकता महाधिवेशको तयारीमा जुट्दै

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ ११ १३:५५ बजे

धनगढी।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी मसिर १३ गते काठमाण्डौमा एकता महिवेशन गर्न गइरहेको छ। महाधिवेशनको देशव्यापीरुपमा व्यापक तयारीकाक्रममा ७ न. प्रदेश समितिले यहि भाद्र १३, १४ र १५ गते प्रदेश स्तरिय कार्यकर्ताहरु लाई प्रशिक्षित गर्ने भएको कुरा कार्यालय सचिव रामवहादुर महरा चिन्तकले वताएका छन।

महाधिवेशनको तयारीका क्रममा देशभरीका ७७ वटै जिल्लामा पार्टीका जिल्ला सम्मेलन तथा भेलाहरु हुने छन। पार्टी भित्रका मतभेदका विषयमा देशभरी फोरम सञ्चालन गरिने छ। जिल्लालाई पार्टी केन्द्रले तोकेका आर्थिक कोटाहरु जिल्ला पार्टीले केन्द्रलाई वुझाउने,  जिल्ला अधिवेशन गर्ने, महाधिवेशनको प्रचार-प्रसार समेतका सवै कार्यक्रमहरु लाई प्रभावकारी वनाउन ७ न. प्रदेशले कार्यकर्ता प्रशिक्षणको आयोजना गरेको कुरा प्रदेश सँयोजक महानले वताएका छन।

प्रशिक्षणमा विश्वदृष्टिकोण,अन्तविरोध वारे,भौतिकवादी न्दन्दवादका मुल नियम,नेपालको कम्युनिष्ट इतिहास  र टुटफुट विभाजन, जनवादी केन्द्रिताको सिदान्त र सँगठन,पार्टी,जवस,पेशागत सँगठन र मोर्चा विचको अन्तरसम्वन्ध, पार्टी एकता र एकता महाधिवेसनको तयारी,सँस्कृति र साँस्कृतिक रुपान्तरण,उत्पादन र आर्थिक हिसाव प्रणाली,विज्ञान प्रविधि र पार्टी प्रकाशन ,आगामी कार्यक्रम समेतका विषयमा कार्यालय सदस्य राजविर,कार्यालय सदस्य एव ७ न.प्रदेश इञ्चार्ज प्रतिविम्व, सचिवालय सदस्य शिखर समेतले  प्रशिक्षण दिने कार्यक्रम रहेको छ। 

प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा नौ वटै जिल्लाका करिव १०० जना कार्यकर्ताको सहभागीता रहने  छ।  व्यवस्थानपक्षका सवै काम पुरा भएको कुरा पार्टी केन्द्रिय सदस्य एव व्यवस्थापन समितिका सँयोजक विक्रान्तले  विम्व अनलाईन लाई वताएका छन।


२०८१ भदौ ११ १३:५५ बजे

प्रतिक्रिया