असंलग्न परराष्ट्रनीति विपरित प्रधानसेनापतिका गतिविधि

असंलग्न परराष्ट्रनीति विपरित प्रधानसेनापतिका गतिविधि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १६:५२ बजे
प्रधानसेनापतिका गतिविधि

ठमाडौं । नेपाल विश्वका महाशक्तिको रुपमा उदाउँदै गरेका चिन र भारतको बिचमा रहेको भुपरिवेष्टित देश हो । विश्वमा शान्ति स्थापना गर्न र आफ्नो देशमा शान्ति र स्वाधीनताको रक्षाको लागी नेपाल  राष्ट्रले असंलग्न परराष्ट्रनीति अवलम्बन गर्दे आएको छ। यही नीतिका अनुसार  विश्वको जुनसुकै देशहरू बिच युद्ध भए पनि हाम्रो देशको भूमिका तटस्थ रहने गरेको छ। शान्ति तथा असंलग्न परराष्‍ट्रनीतिमा नेपाल र अन्य  राष्ट्र वा राष्ट्रहरू बिच विवाद उत्पन्न भएमा नेपालले सबै विवादहरूको शान्तिपूर्ण समाधान खोज्ने छ।

नेपालले अर्को देशको शान्ति र सुरक्षामा आँच आउने कुनै पनि किसिमको कार्वाहि अथवा धम्कीको आश्रय लिने छैन, शान्ति र असंलग्नताको आफ्नो निती अनुरूप नेपाल कसैसँग पनि सैनिक गठबन्धनमा लाग्ने छैन, न त नेपालले आफ्नो भूमिमा  कुनै विदेशी सैनिक अखडा स्थापना गर्नु अनुमति दिने छ। त्यसै अनुरूप यस प्रस्ताव प्रति समर्थन जनाउने देशहरूले पनि पारस्परिकताका आधारमा कसै सँग  सैनिक गठबन्धनमा सामेल हुने छैनन्।  न त आफ्नो भूमिमा नेपालको मित्र राष्ट्र विरुध्द कुनै सैनिक अखडा स्थापना गर्न दिनेछन्। यस्तो असंलग्न परराष्‍ट्रनीतिका कारण आज सम्म हाम्रो देश को सार्वभौमिकता अखण्डता  कायम रहेको छ।


नेकपा (माओवादीकेन्द्र) महासचिव देव गुरुङ ले आफ्नो फेसवुक वालमा यसरी लेखेका छन अमेरिकी सेनाको नेतृत्वमा रहेको हिन्द प्रशान्त महासागरीय सैन्य गठबन्धन (IPS) का सेना पतिहरुको सम्मेलन हालै अस्ट्रेलियामा सम्पन्न भएको छ। उक्त सम्मेलनमा नेपाली सेनापतिको सहभागिता र चिनको विरुद्ध IPS का सेना पतिहरुको प्रतिबद्धता नेपाली सेनापतिको पनि प्रतिवद्धता रहेको देखिन्छ। युक्रिनमा युध्दरत NATO का सेनाप्रमुख सँग नेपाली सेनापतिको अष्ट्रेलियामा एकल भेटघाट भएको खवर सेलाउन नपाउँदै विश्व युद्धको तयारीमा रहेको अमेरिकी सेना को सैन्य विमान हिजो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डुमा अवतरण भएको छ। विमानबाट हातहतियार सहितको युनिफर्म ड्रेसमा करिब १८ जनाको अमेरिकी सैन्य टुकडी नेपाल उत्रेको छ।

छाउनी स्थित महावीर रेन्जर गण सँग एक महिना छाउनी र नगरकोटमा संयुक्त सैन्य अभ्यास गर्ने भनिएको छ। यसबाट युद्ध रणनीतिमा केन्द्रित रहेको अमेरिकी सेना सँगको सहकार्य र गठजोडबाट नेपालको घोषित पञ्चशील को सिन्दान्त र असंलग्न नीतिको उल्लंघन भएन भनेर प्रतिवाद गर्न नसकिने स्थितिमा पुगेको छ। सैन्य गठबन्धनमा सँलग्नता को नीतिबाट नेपालको स्वाधिनताको रक्षा गम्भीर सँकटमा परेको देखिन्छ। अत;स्वाधिनता को रक्षाको निम्ति सम्पुर्ण वामपन्थी, देशभक्त, राष्ट्रवादीहरु शिघ्रतर रुपमा एकजुट हुनै पर्दछ।

असंलग्न परराष्ट्रनिति विपरित प्रधानसेनापतिका यस्ता गधिविधिले देशको अस्तित्व सँकटमा पर्ने अवस्था आउनु सक्छ।  प्रधानसेनापतिले सरकारको सहमति वा सल्लाहमा यस्ता गधिविधि गरेको हो वा स्वइच्छिक रुपमा गरेकोहो रु स्वइच्छिक तरिकाले गरेको भए नेपालीसेना सरकारको मातहतमा छैन भन्ने सन्देश दिन्छ। यस्ता गधिविधिमा  सँलग्न प्रधानसेनापति लाइ सरकारले  कारवाही गर्नुपर्छ नगरेमा प्रधानसेनापति मात्र नभएर पाँच दलिय गठवन्धन  सरकार  पनि देशको असंलग्न परराष्ट्रनिति विरपरित  सेनापति लाइ यस्ता गधिविधि गर्न लगाएको ठहरिने छ।

असंलग्न परराष्ट्रनिति पालना ,सँरक्षण गर्नु सवै मित्रराष्ट को दायित्व हो भन्ने सवै नेपाली नागरिकको कर्तव्य पनि हो। देश कुनै शक्तिराष्ट को सैनिक गठवन्धमा सँलग्न भएमा त्यसको मुल्य नेपाली जनता र देशले चुकाउनु पर्ने हुन्छ यस्तो विनाशकारी वाटोमा देश लैजानु हुदैन।

२०७९ भदौ ७ १६:५२ बजे

प्रतिक्रिया