कञ्चन समुहको भ्रमवाट मुक्तहुदै कार्यकर्ता, मुलपार्टीमा फर्किनेक्रम जारी

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ ३ ११:४२ बजे
काशि सिह धामी शिशिर

धनगढी। केहिमहिना पहिले क्रान्तिकारी कम्युनिट पार्टी नेपाल वाट वाहिरिएका धर्मेन्द्र वास्तोला कञ्चन समुहको भ्रममा परेर  उनिसँग लागेका अधिकाश इमान्दार कार्याकर्ताहरु सो समुहको चितवन भेला पछि भ्रम वाट मुक्तभएका छन।

चितवन भेलामा सहभागी भएको  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ न. प्रदेश सदस्य काशि सिह धामी शिशिरले बिम्व अनलाइ सँग कुरा गर्दै भन्ने कञ्चन समुहको भ्रममा परि चितवनको भेलामा म सहभागी भए तर त्यहाँ कञ्चनले प्रस्तुत गरेको राजनितिक दस्तावेजमा  क्रान्ति लाई अगाडी वढाउने कुनै विचार सिदान्त नभएको केवल डर त्रास र पद पैसाको प्रलोभनले मात्र पार्टी सँगठन निर्माण हुन नसक्ने भएकोले म कञ्चन समुहको भ्रम वाट प्रष्ट भइ  मुल पार्टीमा नै फर्किएको छु। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा फर्किएको विज्ञप्ति पनि निकाली सके उहाँले वताउनु भयो।

उहाँले अगाडी भन्नु भयो कञ्चन समुह अराजक व्यक्तिवादी समुह हो। यो कुनै क्रान्तिकारी समुह नभइ दक्षिणपन्थि  अधैर्य समुह हो। टुटफुट र विभाजनले क्रान्तिकारीहरु लाई वलियो वनाउदैन। कञ्चनले पार्टी विभाजन गरेर प्रतिकान्तिको सेवा गरेको छन। क्रान्ति गर्छु भन्दै  पार्टी फुटाएर विलप्व सँग हिडेका कञ्चन दश वर्ष पछि पुनः किरणले नेतृत्व गरेको  पार्टी सँग एकतामा आए । एकता भएको  करिव १५ महिना नपुग्दै फेरी पार्टी वाट वाहिरिए। अधैर्य अकर्मण्य अस्थिर समुहवाट कुनै क्रान्तिकारी आन्दोलन अगाडी वढ्न नसक्ने भएकोले कञ्चन समहु परित्याग गरेको हु। यसमा रहेका सवै क्रान्तिकारीहरुले यो समुह त्यागी विचार सिदान्त क्रान्ति प्रति निष्ठा र इमान्दार रहेका मोहन वैध्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा फर्किन सवै  क्रान्ति प्रति निष्ठावान ,इमान्दार  कार्याकर्ता लाई अनुरोध गर्दछु  शिशिरले भनेका छन।

                                                                                                                                                          

२०८१ भदौ ३ ११:४२ बजे

प्रतिक्रिया