क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता महाधिवेशन आगामी मसिर १३ गते काठमाण्डौमा उदधाटन हुने

कञ्चन’ प्रवृत्तिको रुपमा देखापरेको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद परस्त चिन्तनको व्यापक चिरफार भएको छ।

bimbonline बिम्ब अनलाइन
२०८१ साउन ३० १९:५२ बजे
सँयोजक मोहन वैध किरण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक यहि साउन २६ देखि २९ सम्म काठमाण्डौको कुपनडोलमा सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले २०८१ मंसिर १३ गते एकता महाधिवेशन  काठमाण्डौमा गर्ने निर्णय गरेको एक सहभागीले वताएका छन।   बैठकले केही समय पहिले पार्टी एकता असफल भएको जनाउँदै पार्टीबाट वर्हिगमन गरेका धर्मेन्द्र वास्तोला कञ्चन प्रवृतिको गलत राजनीतिक तथा सैद्धान्तिक प्रवृतिको बारेमा पनि व्यापक छलफल गरेर विश्लेषण गरेको छ। 

पार्टी एकता असफल भएको नभई वर्हिगमन एक प्रवृति भएको जनाउँदै पार्टीबाट केही समुह बाहिरिएको निष्कर्ष निकालेको छ । पूर्व बहुमतका अधिकांश सदस्यहरु पार्टी एकतामा दृढ रहेको जनाईएको छ । बैठकमा ‘कञ्चन’ प्रवृत्तिको रुपमा देखापरेको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद परस्त चिन्तनको व्यापक चिरफार भएको थियो । संयोजक किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना कुरा राख्दै पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र आयोजक समितिका सदस्यहरुले गैरमाक्र्सवादी चिन्तनधारा तथा संशोधनवादी र अवसरवादी धारा र प्रवृत्तिको कडा आलोचना र भण्डाफोर गर्नुका साथै पार्टीएकतालाई सुदृढ बनाएर जानु पर्नेमा जोड दिएका थिए ।

बैठक चलिरहेको बेला पार्टीका विरुद्ध गुटबन्दीमा लागेका अन्य तीनजना सचिवालयका सदस्यलाई अनुशासनको कारबाही गरी पार्टी वाट निष्कासित गरेको छ। । अवसरवादी, संशोधनवादी र प्रतिक्रियावादीहरुको चर्को घेराबन्दीहरुलाई पराजित गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने उद्घोष गरेको छ । आगामी महाधिवेशनबाट राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशामा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्न नयाँ ढंगले पार्टीलाई सुदृढ, एकताबद्ध र जुझारु रुपमा अगाडि बढाउने पनि संकल्प गरेको छ । देशमा एक मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी रहेको उल्लेख गर्दै यसको काँधमा देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी रहेको समेत निश्कर्ष बैठकको रहेको एक केन्द्रिय सदस्यले वताएका छन।





२०८१ साउन ३० १९:५२ बजे

प्रतिक्रिया