काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका विरुद्ध गुटबन्दीमा संलग्न तीन जना सचिवालय सदस्यलाई कारबाही गरेको छ । पाार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक चलिरहेको बेला हिजो एक प्रेस वक्तव्य जारी गरी कारबाही गरेको जनाउनु भएको छ ।
जारी प्रेस वक्तव्यका अनुसार गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले केन्द्रीय सचिवालय सदस्यहरु भुपेन्द्र न्यौपाने, संकुल, हरिकृष्ण गजुरेल भाष्कर र वसन्त वोकटी वसन्तलाई पार्टीको केन्द्रीय समितिबाट एक महिनाको लागि निलम्बन गरिएको छ ।
वक्तव्यका भनिएको छ, “एकता महाधिवेशन आयोजक समितिको आकस्मिक वैठक चलिरहेको बेला बैठकबारे सुसुचित हुँदाहुँदै पनि बैठकमा अनुपस्थित रहनु भएको र गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले केन्द्रीय सचिवालय सदस्यहरु संकुल, भाष्कर र वसन्तलाई पार्टीको केन्द्रीय समितिबाट एक महिनाको लागि निलम्बन गरिएको छ ।”
पार्टीले निलम्वन गरे पछि हिजो वसन्त वोगटी, वसन्त वोगटीकी श्रीमति सुनिता वुढाथोपि समेतले एक वक्तव्य निकाली पार्टी वाट अलग भएको वताएका छन। भुपेन्द्र न्यौपाने यो भन्दा पहिले मानव तस्करीको आरोपमा पार्टीले अनुशासनको कार्वाहि गरेका व्यक्ति हुन भन्ने हरिकृष्ण गजुरेलको भुमिका पनि पार्टी भित्र सँकास्पत र विवादीत रहदै वताइन्छ।
प्रतिक्रिया