काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट मजदुर सँगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र नेकपा(मशाल) निकट मजदुर अखिल नेपाल ट्रेड युनियन महासङ्घ ( अनटुक )को एकता अधिवेशन हिजो सम्पन्न भएको छ।
एकता अधिवेशन कार्यक्रमका अथितिहरुमा हेमन्त प्रकाश ओली, सीताराम तामाङ, चिन्तामनी शर्मा , जितेन्द्र दाहाल, खगेश्वर शर्मा, दिनेश श्रेष्ठ, केशर खतिवडा ,रहनुभएको थियो।
ज्ञात अज्ञातसहिदहरुप्रति एक मिनेट मौन धारणपछि सुरु भएको कार्यक्रम अखिल नेपाल ट्रेड युनियन महासङ्घ ( अन्टुक )का सहसंयोजक गुणनिधि आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका संयोजक दिनेश शर्माले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको वताइन्छ। कार्यक्रममा अतिथि वक्ताहरूले विभिन्न विषयको चर्चा परिचर्चा गर्दै पार्टी र मजदुर युनियनको बारेमा वैज्ञानिक अवधारणा राख्दै प्रस्ट्याउनुभएको थियो। कार्यक्रम भव्य र शानदार रुपमा सफल भएको थियो।
प्रतिक्रिया