आज सेयर बजार परिसुचक (नेप्से) झिनो अंकले बढ्यो

आज सेयर बजार परिसुचक (नेप्से) झिनो अंकले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १६:०१ बजे
सेयर बजार

काठमाडौं। कारोबारको तेस्रो दिन आज  सेयर बजार परिसुचक नेप्से झिनो अंकले बढेको छ । हिजो सामान्य  अंकले ओरालो लागेको नेप्से आज सामान्य अंकले उकालो  लागेको हो । सातको तेस्रो दिन  आज (मंगलबार) नेप्से १.८१ अंकले  उकालो लागको  हो । आज नेप्से सामान्य अंकले उकालो लागेसँगै २०५४.९५ विन्दुमा पुगेको छ।  

आज नेप्से ओरालो लागे पनि कारोबार रकममा  भने सुधार आएको छ । आज १३३.३६ करोड बराबरको  कारोबार भएको छ।   आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।रुरु जलविद्युत परियोजना, मन्दकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य उकालो लागेको छ । 

कारोबार रकमका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा रह‍्यो। सो कम्पनीको १४ करोड २१ लाख बराबरको सेयर कारोबार भयो।

२०७९ भदौ ७ १६:०१ बजे

प्रतिक्रिया