रुकुम पश्चिममा पेस्तोल देखाएर त्रास फैलाउने एक युवक पक्राउ

रुकुम पश्चिममा पेस्तोल देखाएर त्रास फैलाउने एक युवक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १५:४० बजे
युवक पक्राउ

काठमाडौं ।  पेस्तोल  देखाएर डर त्रास देखाउने  एक जनालाई  प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१३ भल्मा बस्ने अन्नत खत्रीलाई  प्रहरीले पक्राउ गरेको  हो  । 

 प्रहरीका अनुसार उनले गत भदौ ३ गते जाजरकोटको नलगाड नगरपालिका(१ कल्पतस्थित केटाकेटीले श्रीकृष्ण जन्माष्टमिको अवसरमा नाचगान गरिरहेको बेला अन्नत खत्री र रमेश मल्ल आई आफूसँग रहेको पेस्तोल देखाई डरत्रास देखाएका थिए।

स्थानीयले नियन्त्रणमा लिन खोज्दा पेस्तोल सोही ठाउँमा छोडी भागेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा मंगलबार  उनलाइृ पक्राउ गरीएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटले  बताएको छ । 

कार्यालयमा दाखिला गरी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भई सोमबार नै जिल्ला अदादत जाजरकोटबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भई रहेको र फरार रहेका मल्लको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

२०७९ भदौ ७ १५:४० बजे

प्रतिक्रिया