उच्चस्तरीय तलब सुविधा आयोग गठन गरीने

उच्चस्तरीय तलब सुविधा आयोग गठन गरीने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १५:३३ बजे
उच्चस्तरीय तलब सुविधा आयोग

काठमाडौं ।   सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने  भएको छ ।  पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने सरकाले निणर्य गरेको हो ।  

भदौ ६ मा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  सो बताएका हुन् । देशको आर्थिक अवस्था र खर्च वहन गर्नसक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्युनतम तलब, भत्ता पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई  सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको सं‌योजकत्वमा उच्चस्तरीय तलब सु्विधा आयोग गठन गर्ने निर्णय गरेको  उनले बताएका  हुन्  । 

२०७९ भदौ ७ १५:३३ बजे

प्रतिक्रिया