लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १५:२६ बजे
पक्राउ

काठमाडौं । लमजुङमा  लागूऔषध कारोबारमा संलग्न दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले  उनिहरुलाई  लागुऔषध सहित पकउ गरेको जनाएको छ ।  प्रहरीका अनुसार उनीहरूको साथबाट ३ सय ११ एम्पुल लागूऔषध बरामद  गरीएको छ । 


पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका(८ का ४२ वर्षीय ुकवाडी बमेु भनेर चिनिने बमबहादुर बस्नेत र मर्स्याङ्दी गाउँपालिका(३, बुद्धबजार बस्ने पेटी ठेकेदारको काम गर्दै आएका २९ वर्षीय ुदोर्जेु नामले चिनिने भीमबहादुर तामाङ रहेका  प्रहरीले जनाएको छ ।  


लमजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलका अनुसार बस्नेत पाँच पटक पक्राउ परेका छन् । २०६७ सालयता उनीविरुद्ध लमजुङ प्रहरीले तीन पटक र तनहुँ प्रहरीले एक पटक मुद्दा चलाइसकेको छ।


तामाङले घरमा लागूऔषध लुकाईछिपाई राखेर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि कोठाको खानतलासी गर्दा लागूऔषध भेटिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताएका छन् ।  


तामाङको साथबाट प्रहरीले २ मिलिग्रामको डाइजेपाम एम्पुल ९० थान, फेनरगन ८९ थान बरामद गरेको छ। उनको साथमा रहेको दुईवटा मोबाइल र नागरिकतासमेत बरामद  गरीएको छ ।  

कवाडी संकलन तथा बिक्रीवितरण गर्ने बस्नेतको कोठाबाट २ मिलिग्रामको डाइजेपाम एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरी निरीक्षक विष्णु विकले  बताएका छन् ।  


 प्रहरीका अनुसार दुवै जनालाई लमजुङ जिल्ला अदालतबाट एक साताको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको छ ।


डिएसपी श्रीमलका अनुसार लागूऔषधसहित पक्राउ परेका तामाङ र बस्नेतविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने छ ।

२०७९ भदौ ७ १५:२६ बजे

प्रतिक्रिया