डडेल्धुराको एकता अधिवेशन सम्पन्न, धनवहादुर वोहरा सँयोजक,रामवहादुर धामी सहसँयोजक, ३५ जनाको जिल्ला सँगठन समिति गठन

मतभेदका विषय महाधिवेशनमा टुङ्गो लगाइने छ-जाग्री, टुटफुट वाट अविश्वासनिय र वदनाम भएको कम्युनिष्ट पार्टीमा कुनै व्यक्ति फुटेर जान्छ भन्ने त्यो क्रान्ति विरोधि कार्य हो- महान

bimbonline बिम्ब अनलाइन
२०८१ असार ३१ १०:५८ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) डडेल्धुरा जिल्लाको एकता अधिवेशन हिजो सम्पन्न भएको छ।

यस प्रदेश अन्तर्गतका जिल्ला स्तरिय एकता अधिवेशन सम्पन्न भइ वाँकी रहेका जिल्ला एकता अधिवेशन मध्ये डडेल्धुरा जिल्लाको  पार्टी एकता अधिवेशन  २०८१ असार २९ गते सम्पन्र भएको छ।

कार्यक्रमका प्रमुख अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व , अथितिमा ७ न. प्रदेश सँयोजक रामवहादुर थारु महान,  केन्द्रिय सदस्य तथा ७ न.प्रदेश कार्यालय सचिव रामवहादुर महरा, केन्द्रिय सदस्य दिनेश थापा समुद्र, शहिद परिवारका तर्फवाट धनजित विष्ट रहेको जिल्ला सँयोजक धनवहादुर वोहराले वताएका छन।

क्रार्यक्रमको सञ्चालन रामवहादुर धामी विजय, अध्यक्षता धनवहादुर वोहरा, स्वागत भाषण दलजित ऐरीले गर्नु भएको थियो ।शहिदको सम्झनामा एक मिनेट मौनधारण पछि व्यानर वाचन गरेर प्रमुख अथिति  लालवहादुर जाग्रीले कार्यक्रमको उध्दधाटन व्यानर वाचन गरेर गर्नु भएको थियो।प्रमुख अथितिले उदधाटन मन्तव्य राख्दै नयाँ जनवादी क्रान्तिको खुटकिलो पार गर्दै  वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न पार्टी एकता गरिएको वताएका थिए। मतभेदका विच पार्टी एकता भएको हुदा फरक विचारहरु लाई पार्टीले तय गरेको विधि र पध्दति भित्रै रहेर छलफल वहस गरेर एकता महाधिवेशनमा निर्णयमा पुगिने वताउनु भयो। अर्का अथिति महानले नेपालको कम्युनिष्ट आन्दोलन टुटफुट विभाजनका कारण कमजोर मात्र नभए वदनामित , अविश्वासनिय भएको हुदा मतभेदका विषय पार्टी भित्र नै छलफल हुनुपर्ने कसैले  निहु खोजेर कुनै व्यक्ति क्रान्तिकारी आन्दोलन वाट भागरेमा त्यसलाई कसैले पनि साथ सहयोग नदिने वताउनु भयो।

एकता अधिवेशनले धनवहादुर वोहरा सँयोजक, रामवहादुर धामी विजय समेत सहसँयोजक रहने गरी ३५ जनाको जिल्ला सँगठन समिति गठन गरेको छ।अधिवेशन पछिको वैठकले  सवै नगरपालीका र गाँउपालीकाका सँयोजक तथा सहसँयोजकहरु पनि तोकेका छन।एकता अधिवेशनमा  डडेल्धुराका सवै पालिकाहरुका प्रतिनिधि  सहभागी भएका थिए।कार्यक्रमको समापन अध्यक्षता गरिरहेका धनवहादुर वोहराले गर्नु भएको वताइन्छ।

                                  


२०८१ असार ३१ १०:५८ बजे

प्रतिक्रिया