युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिन सुरु

bimbonline बिम्ब अनलाइन
२०८१ असार २८ ०८:४९ बजे

एजेन्सी। युक्रेन विरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुसमा भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ । 

रुस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाखमध्ये पहिलो किस्ता वापत् ४५ लाख रुपैयाँ पठाइसकेको र बाँकी केहीदिनमै पठाउने जनाइएको छ ।मोदीले भ्रमणका क्रममा रुसी राष्टपति भ्लादिमिर पुटिनसँग रुसी सेनामा भर्ना भएका भारतीयका बारेमा चासो राखेका हुन् । 

रुसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ। त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानमा भएको बताइएको छ ।  


२०८१ असार २८ ०८:४९ बजे

प्रतिक्रिया